Tuesday 16th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

डान्सिङ स्टार्स नेपालको फाईनलमा भिड्दै छिरिङ शेर्पा र सरोज प्रजा

Wednesday, June 22, 2022 Devil Singh Rajput

काठमाण्डौं । शेर्पा समुदायकै पहिलो नायिका छिरिङ शेर्पा र चर्चित कोरियोग्राफर सरोज प्रजा हिमालय टेलिभिजनबाट प्रसारित डान्सिङ रियालिटी शो डान्सिङ स्टार्स नेपालको फाईनलमा भिड्ने भएका छन् । शोकै सर्वाधिक अंक मध्ये दोस्रो स्थानको अंक प्राप्त गर्दै उनीहरु फाईनलमा भिड्ने पक्का भएको हो । उनीहरुले शोमा ३९२ अंक प्राप्त गरेका थिए ।

यो उनीहरुले पहिलो हप्ता २५ अंक, दोस्रो हप्ता २९ अंक, तेस्रो र चौथो हप्ता ३०–३० अंक, पाँचौँ र छैटौँ हप्ता २७–२७ अंक, सातौँ हप्ता ३० अंक, आठौँ हप्ता २९ अंक, नवौँ हप्ता २७ र २९ अंक, दशौँ हप्ता ३० र २६ अंक तथा एघारौँ हप्ता २६ र २७ अंक प्राप्त गरेका थिए । छिरिङ र सरोजको रोजरिङ टिमले दशौँ हप्ताको पहिलो दिन र बाह्रौँ हप्ताको पहिलो दिन गरी २ पटक पर्फोमेन्स अफ द डे अवार्ड समेत जितेका थिए । शेर्पा समुदायकी पहिलो नायिका छिरिङ शेर्पाको पुरा नाम छिरिङ डोमा शेर्पा हो ।

शेर्पा फिल्म्स संघ नेपालकी अध्यक्ष समेत रहेकी छिरिङ, मिस्टर एण्ड मिस टिन शेर्पाकी आयोजक पनि हुन्। । शेर्पा भाषाको चलचित्र, म्युजिक भिडियो तथा अन्य विभिन्न साँस्कृतिक कलाहरुमा चर्चा कमाएकी छिरिङले नेपाली म्युजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन् । मिस ईण्डीजिनियस हेरिटेज नेपाल २०१६ जितेकी छिरिङले मिस टिनेजर ईन्टरनेशनल नेपाल २०१५ मा मिस ट्यालेन्टको उपाधी पनि जितेकी थिईन् ।

आईडियल ईङ्ग्लीस सेकेण्डरी स्कुलबाट मार्केटिङ एडभरटाईजिङ बिजनेश स्टडिज अध्ययन गरेकी छिरिङले बज्र ईन्टरनेशनल कलेजमा औपचारिक रुपमा नृत्य सिकेकी छिन् । पद्मकन्या क्याम्पसमा बिए अध्ययन गरेकी छिरिङले बिजनेश म्यानेजमेन्ट र फेसन डिजाईनिङ पनि अध्ययन गरेकी छिन् । उनी गौतम बुद्ध फिल्म प्रालीका निर्देशक पनि हुन् ।

डान्सर तथा कोरियोग्राफर सरोज प्रजाको पुरा नाम सरोज राना प्रजा हो । डान्सिङ रियालिटी शो ‘छमछमी सिजन ३’ का विजेता बनेदेखि सरोज चर्चामा छन् । उनी अहिले विभिन्न म्युजिक भिडियोहरुमा पनि सक्रिय छन् । उनले अभिनय गरेका कयौँ म्युजिक भिडियोहरु चर्चित समेत बनेका छन् । मकवानपुर निवासी सरोजले मकवानपुर बहुमुखी क्याम्पसबाट आफ्नो अध्ययन पुरा गरेका छन् । उनी डान्सर, कोरियोग्राफर तथा मोडलका रुपमा सक्रिय छन् ।

सन् १९९५ नोभेम्बर १४ मा मकवानपुरको हेटौँडामा जन्मिएका सरोज सानैदेखि नृत्यमा शौखिन थिए । क्याम्पसमा समेत राम्रो विद्यार्थीका रुपमा चिनिएका सरोजलाई उनका बुवा चन्द्रबहादुर प्रजा र आमा ठुलीमाया प्रजाले नृत्य क्षेत्रमा लाग्न मदत गरेका थिए । छमछमी सिजन ३ को विजेता बनेसँगै चर्चामा आएका सरोज पछिल्लो समय मोडल बिना राउतसँगै टिकटकमा भाईरल भएका थिए ।

त्यसयता म्युजिक भिडियोमै व्यस्त रहेका सरोजले बलिउड स्टारहरुसँग हिन्दी चलचित्र उचाईमा पनि काम गरेका छन् । उनी कन्टेम्प्ररी डान्स फर्ममा पोख्त छन् ।