Wednesday 30th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

हामी भ्रष्टहरुको दिमागमा घण्टी बजाउँछौं : रवि लामिछाने

Tuesday, June 21, 2022 National Power

काठमाडौँ- रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावित चुनाव चिन्ह घण्टी राखेका छन्। आज राष्ट्रिय सभागृहमा पार्टीको घोषणापछि चुनाव चिन्ह सार्वजनिक गरेका हुन्। पार्टीको प्रस्तावित चुनाव चिन्ह सार्वजनिक गर्दै रविले भने, हामी भ्रष्टहरुको दिमागमा घण्टी बजाउँछौं। उनले आफू राजनीतिमा राजनीतिको हिलो सफा गर्न आएको पनि उल्लेख गरे।

उनले प्रश्न सोध्ने सजिलो काम छोडेर जवाफ दिने गाह्रो काम गर्न आएको बताउँदै आफू व्यवस्था बदल्न आएको भन्दा पनि जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए।