Monday 17th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

चलचित्र पत्रकार संघ नेपालको २३ औं बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

तिन बर्षको चलचित्र पत्रकारीता पुरस्कार एकै पटक प्रदान
Sunday, June 19, 2022 National Power

काठमाण्डौ- चलचित्र पत्रकार संघ नेपालको २३ औं बार्षिकोत्सवको अवसरमा चलचित्र पत्रकारहरुलाई संघले पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।

हरेक बर्ष जेठ ७ गते चलचित्र पत्रकारीता दिवस मनाउने गरिन्छ । कोरोनाका कारण रोकिएको ३ बर्षको चलचित्र पत्रकारीता पुरस्कार तथा सम्मान यो वर्ष एकैपटक प्रदान गरिएको हो ।

शनिबार आयोजित समारोहमा राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७७’ बाट बरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय र राजन घिमिरेलाई प्रदान गरिएको छ । राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७’ बाट दिवाकर मैनाली र आर. डि. शृंखला (राजन दाहाल ) पुरस्कृत गरियो । त्यस्तै, राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७८ बाट सुव्रतराज आचार्य र सन्दीप सापकोटालाई प्रदान गरीयो भने , राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७८ बाट कुमार आचार्य र गीता अधिकारीलाई पुरस्कृत गरीयो ।

राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८ मनोज न्यौपाने र राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७८ पोखराका रेम रसाइलीलाई प्रदान गरिएको थियो । त्यस्तै, राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७९ राजाराम फुयाँल र लक्ष्मण सुवेदीलाई सम्मान गरीएको थियो ।

चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट नेमिष गौतम र विष्णु प्रसाद सुवेदी, पुरस्कृत हुँदा राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ उद्धव रसाइली र राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ मकवानपुरका श्रीराम अर्जुनलाई प्रदान गरिएको थियो । चलचित्र पत्रकारिता पुरस्कार ५१ हजार राशी र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २५ हजार रहेको थियो ।

नेपाल सरकारका प्रवक्ता एंव सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पुरस्कार प्रदान गर्नुभएको थियो । समारोहमा अभिनेता राजेश हमाल ,भुवन केसी लगायत कलाकारका साथै बिभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।