एमसीसी पास गराउँने बेला संसदको रोस्टमबाट उभिएर काग्रेस महामन्त्री समेत रहेका प्रतिनिधीसभाका सदस्य थापाले कहाँबाट आउँछ अमेरिकी सेना जहाजबाट आउँछ ?भन्दै चर्को स्वरमा प्रश्न गरेका थिए । त्यहि बोली अहिले उनका लागी महंगो परेको छ । गगनले त्यसबेला पाँच बर्ष भित्रमा अमेरिकी सेना नेपाल आएमा आफुलाई चारपाटा मुडेर थानकोटको डाँडो कटाइयोस् भन्दै माग गरेका थिए । एमसीसीको पक्षमा माहोल बनाउँने बेला उनले एमसीसीको विरोध गरिरहेका भिम रावलहरुलाई नक्कली राष्ट्रवादी भएको समेत आरोप लगाउँदै आफु सच्चा देशभक्त भएको जिकिर गरेका थिए ।
अमेरिकी सेना नेपाल आएमा चारपाटा मुडेर थानकोट कटाउँनु भनेर संसदको रोस्टमबाटै कराउँने गगनलाई अब त्यसै गर्नु पर्ने बेला भएको हो ? भन्दै एमसीसी विरोधी अभियान्ता एवं चर्चित पत्रकार समेत रहेका अधिवक्ता निमाकान्त पाण्डेले प्रश्न गरेका छन् । एक अनलाइन टेलिभिजनलाई दिएको अन्तार्वातामा पाण्डेले गगन थापालाई चारपाटे मुडेर थानकोट कटाउँनु पर्ने हो ? भन्दै प्रश्न गरेका छन् । दुई दुई पटक सम्म अमेरिकी सेनाका जहाज नेपाल आएको भन्दै उनले त्यसमा के ल्याइएको हो भन्ने बारेमा समेत नेपाली जनतालाई थाहा नभएको दाबी गरेका छन् ।
पाण्डेले भनेका छन् दुई पटक अमेरिकी सेनाको जहाज नेपाल आयो , त्यसमा के ल्याइया, को आयो अहिले भन्ने सम्म पनि नेपाली जनतालाई कसैले जानकारी गराएको छैन । अमेरिकी सेना आएमा चारपाटा मुडेर थानकोट कटाउँनु भन्ने गगन थापालाई के अब त्यसै गर्नु पर्ने हो ? अमेरिकाबाट भइरहेका तारन्तारका उच्च स्तरीय भ्रमणहरुबारे पनि उनले प्रश्न गरेका छन् । अमेरिकी उपविदेशमन्त्री देखि प्यासिफिक सैनिक कमाण्डर सम्मको भ्रमण रहस्यमय रहेका भन्दै उनले नेपाल सरकारको जवाफ माग गरेका छन् ।
नेपालमा अमेरिकी उच्च अधिकारीहरुको भ्रमण हुनु राम्रो कुरा भए पनि उनीहरु राम्रो नियतले नआएको दाबी पाण्डेले गरेका छन् । एमसीसी नेपालको हितमा नभएको जिकिर गदैै उनले अहिले सम्म पनि नेपालको संसदले पारित गरको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्विकार नगरेको दाबी पनि उनले गरेका छन् । नेपाली सेनाको मुख्यालयमा अमेरिकीहरुको भ्रमणबारे पनि उनले आपत्ती जनाएका छन् । नेपालका पत्रकारहरुलाई समेत सहज प्रवेश नभएको सैनिक मुख्यालयमा विदेशीहरुलाई सहज प्रवेश किन दिएको भन्दै उनले प्रश्न गरेका छन् । अमेरिकीहरुको चाला निको नभएको भन्दै यसले देशमा ठूलो दुर्घटना निम्तन सक्ने ठोकुवा गरेका छन् ।