Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

तामाङ चलचित्र संघको वार्षिकोत्सब तथा सम्मान

Monday, June 13, 2022 National Power

काठमाडौं – तामाङ चलचित्र संघको १४ औ वार्षिकोत्सब राजधानीमा सम्पन्न भएको छ । पुर्व कानुन मन्त्री शेर बहादुर तामाङको प्रमुख आतित्यथामा चलचित्र बिकास बोर्ड चाबहिलमा सम्पन्न कार्यक्रममा अन्य अतिथीहरुमा जगत दोङ, विरबहादुर योञ्जन, चन्द्र कुमार दोङ, चन्द्र कुमार मोक्तान, फुलमान बल आदि रहनु भएको थियो । तामाङ चलचित्र संघ नेपालको अध्यक्ष कुमार मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रममा पहिलो तामाङ चलचित्र ‘सेमरी छोरङान’ पदकद्वारा बिभिन्न ब्यक्तित्वहरु सम्मानित हुनु भएको छ ।

सम्मानित हुनेहरुमा नेपाल टेलिभिजनका प्रबन्धक निर्देशक फुलमान बल, तामाङ समुदायको पहिलो गायक चन्द्र कुमार मोक्तान, वरिष्ठ संगीतकार चन्द्रकुमार दोङ, संसारकर्मी जगत दोङ,सुनिल दोङ, पुर्ब अध्यक्ष जेनीश दोङ तामाङ चलचित्र अभिलेक पुस्तक प्रकाशक जयन कुमार मोक्तान, नायिका चादनी मोक्तान, पहिलो महिला निर्देशक सुकुमाया मोक्तान, नायिका लता योञ्जन, निर्देशक अमिर दोङ लगायतका रहेका छन् । उक्त अवसरमा रोशी गाउपालीका कार्यलय र तामाङ चलचित्र संघको संयुक्त निर्माणमा बनेको ‘सामाझिक संजाल’ नामक बृत्त चित्र प्रदर्शन गरिएको थियो जसको संयोजन बिनायक तामाङ, दिपक तामाङ लामाले गरेका थिए ।