Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

मिस टिन हिमालय नेपाल २०२२ को दोस्रो अडिसन सम्पन्न

Sunday, June 12, 2022 Devil Singh Rajput

काठमाडौँ — कथा इभेन्टको आयोजनमा हुन लागेको मिस टिन हिमालय नेपाल–२०२२ को अडिसन सम्पन्न भएको छ । पहिलो र दोस्रो अडिसन गरेर कुल १०८ जनाले अडिसनमा भाग लिएको इभेन्ट डाइरेक्टर सुजना राईले जानकारी दिनुभयो । पहिलो र दोस्रो अडिसनबाट जम्मा ४० जना प्रतियोगीहरू छनौट भएका छन् । छनौट भएका प्रतियोगीलाई १५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षणमा समावेश गरिनेछ । जसअन्तर्गत स्टेज प्रस्तुतिकरण, व्यत्तित्व विकास, बोल्ने कला, आत्मविश्वास अभिवृद्धि, सामाजिक तथा सामान्य ज्ञान, फेशन तथा क्याटवाक, सेलिब्रेटी अन्तरक्रिया, फोटोसेसनलगायतका कृयाकलापहरु रहने छन् । मिस टिन हिमालय नेपाल–२०२२ विजेताले १ थान स्कूटर, मिस टिन हिमालय नेपाल–२०२३ को ब्राण्ड एम्बेष्डर साथै इन्टरनेशनलमा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धाको लागि भाग लिन पाउने कथा इभेन्टको भाईस प्रेसिडेन्ट अनिल बुर्जा मगरले जानकारी दिनुभयो । अडिसनमा निर्णायकमा वरिष्ठ रयापर तथा म्यूजिक निर्देशक निर्णय श्रेष्ठ , मोडल जोर्डन राज भण्डारी र कथा इभेन्टकी प्रमुख गनिका गुरुङ रहेका थिए । अडिस नेपाल हाउस रेस्टुरेन्ट, हात्तीसार, काठमाडौँमा सम्पन्न भएको थियो ।