Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

गायक कन्हैया सिंहको “भन्दै होलान शहरमा” सार्वजनिक

Wednesday, June 8, 2022 National Power

काठमाण्डौ– गायक कन्हैया सिंह परियारको स्वरमा “भन्दै होलान” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समय देखी नेपाली गीत संगीत क्षेत्रमा सक्रिय रुपमा लागिरहेका सिंहले यस अघि पनि सयौं गीतहरुमा आफ्नो स्वर दिइसकेका छन् । केही समय देखी अमेरिकामा बसोबार गर्दै आएका सिंहले प्रवासमा रहेर पनि नेपाली गीत संगीत क्षेत्रमा आफ्नो योगदानलाई निरन्तरता दिईरहेका छन् ।
प्रदेशमा रहँदा गाउघरकै सम्झनाहरुले सताउने र गाउघरकै झल्को आउने कुरालाई उजागर गरिएको छ । प्रदेशीय पछि गाउँ विर्सियो भन्दै होलान भन्दै प्रदेशको पिंडालाई मर्मस्पर्शि रुपमा चित्रण गरिएको गीतका रचनाकार हुन चर्चित संचारकर्मी,एवम् गीतकार सुमन बैरागी पण्डित र यसमा गीतलाई चर्चित संगीतकार सन्तोष क्षेष्ठले संगीत गरेका छन् ।

चलचित्र निर्देशक माधव राज खरेको निर्देशनमा बनेको म्युजिक भिडियोमा अभिनेता श्रीदेव भट्टराइर्, नायिका कन्चन चालिसे, कलाकार उद्धव प्रसाद भट्टराई, नम्रता खरेल पौडेल, राजु कार्की, कुमार स्याङवो लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

“कन्हैया सिहं परियार”को युटुव च्यानव बाट सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोलाई जीवन पराजुलीले खिचेका हुन् भने भिडियोमा राजेश कुमारको सम्पादन र नरेश खरेलको श्रृंगार रहेको छ ।

निर्देशक खरेलको जन्मदिनको अवसर पारेर सार्वजानिक गरिएको उक्त म्यूजिक भिडियोलाई काठमाण्डौ र ललितपुरका भिन्निन स्थानहरुमा छायाँकन गरिएको हो ।