Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

भरतपुरमा दाहाल भारी मतान्तरले विजयी

Tuesday, May 24, 2022 National Power

चितवन- भरतपुर महानगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल विजयी हुनु भएको छ । उहाँले नेकपा एमालेका बिजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पछि पार्दै प्रमुख पद जित्नु भएको हो ।  दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा बिजय सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गर्नु भयो । नेपाली काँग्रेसबाट बिद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिनु भएका जगनाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गर्नु भएको छ ।

त्यसै गरि उपप्रमुख पदमा पनि गठबन्धनकै उम्मेद्वार चित्रसेन अधिकारीले जित हाँसिल गर्नु भयो । उहाँले ५२ हजार ८०३ मत ल्याउँदै गर्दा राप्रपा उम्मेद्वार हिमला गुरुङले ३० हजार ६१२ मत ल्याउनुभयो । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धन र नेकपा एमाले राप्रपा गठबन्धन विच प्रतिस्पर्धा थियो ।

मत गणनाको अन्तिम परिणाम सार्वजनिक भइसकेको मुख्य निर्वाचन कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी रहेको र सपथग्रहणको तयारी भइरहेको छ । २९ वडाहरु रहेको भरतपुर महानगरपालिमा नेपाली काँग्रेसले १६ वडाहरुमा, नेकपा एमालेले छ वटा वडाहरुमा, माओवादी केन्द्रले तीन वडाहरुमा र नेकपा एकीकृत समाजवादीले तीन वटा वडाहरुमा जित हाँसिल गरेको छ , भने विद्रोही स्वतन्त्रको तर्फबाट एक वडामा विजय हासिल गरेका छन् ।