Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

बनेपा नगरको स्थानीय चुनावमा नेपाल तरुण दल बनेपा नगर कार्यसमितिको सक्रियता व्यापक

Friday, May 20, 2022 National Power

बनेपाको स्थानीय निर्वाचन लड्ने हतियार बन्यो तरुण दल

काभ्रेपलान्चोक – निर्वाचनमा पार्टीका भ्रातृ संस्था नेपाल तरुण दलको भूमिका महत्वपूर्ण हुने बनेपा नगर तरुण दलले प्रमाणित गरिसकेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल र त्यससँग आबद्ध तरुणहरूले नै पार्टीको नेतृत्व गर्ने सामर्थ्य राख्ने स्थानीय बनेपा नगरको चुनावमा देखिएको छ ।

बनेपा नगरको स्थानीय चुनावमा नेपाल तरुण दल बनेपा नगर कार्यसमितिको सक्रियता व्यापक देखिएको हो । नेपाली कांग्रेस बनेपा नगर प्रमुखको लागि टिकट शान्ति रत्न शाक्य लाई आउन साथ टोल टोलमा युवाहरु परिचालन गरेर उम्मेदवार लाई जिताउन दिनरात नेपाल तरुण दल अहोरात्र खटिएको पाइएको छ ।

बनेपाको स्थानीय निर्वाचनमा लड्ने हतियार तरुण शक्ति भएको भन्यो पाइएको छ । ‘तरुण दल भनेकै कांग्रेसको शक्ति हो, तरुणहरू कांग्रेसको चुनाव लड्ने हतियार रहेको पाइएको छ । आजको कुशल तरुण नेतृत्वले नै भोलि पार्टीको नेतृत्व गर्ने सम्भावना यहीँ बनेपाको स्थानीय चुनावको परिणामले देखाएको छ ।

नेपाल तरुण दल पुर्व केन्द्रिय सदस्य सुदिर बैधको विशेष निर्देशनमा बनेपा नगर कार्यसमितिको सभापति बिजेन रंजितको नेतृत्वमा तरुणको टोलि अहोरात्र परिचालन भएर नेपाली कांग्रेसको बनेपा नगर प्रमुखको उम्मेदवार शान्ति रत्न शाक्य लाई जिताउन सफल भएको छ ।