Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

मुस्ताङका सबै पालिकाको नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

Sunday, May 15, 2022 National Power

मुस्ताङ – मुस्ताङको तसाङ गाउँपालिकाको अध्यक्षमा एमालेका प्रदीप गौचन र उपाध्यक्षमा काँग्रेसका सोमल हिराचन निर्वाचित भएका छन् । थसाङको मत गणना सकिएसँगै यो जिल्लाका पाँचवटै (सबै) पालिकाको मतगणना सकिएको छ । सोमबार थासाङ गाउँपालिकाको मतगणना सकिएको हो । थसाङको अध्यक्षमा एमालेका प्रदीप गौचन एक हजार १ सय ४४ मत पाएर विजयी भएका हुन ।

प्रतिद्वन्द्वी काँग्रेसकी बालकुमारी शेरचनले १०५५ मत पाइन् । उपाध्यक्षमा काँग्रेसका सोमल हिराचन १२ सय १२ मत पाएर विजयी भए । उपाध्यक्षमा प्रतिद्वन्द्वी एमालेकी सुमिता शेर्पाले १ हजार ८० मत पाइन् । थसाङसँगै लोमन्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा एमालेले अध्यक्ष जितेको छ । घरपझोङमा काँग्रेसले जितेको छ ।