Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

मुस्ताङका सबै पालिकाको नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

Sunday, May 15, 2022 National Power

मुस्ताङ – मुस्ताङको तसाङ गाउँपालिकाको अध्यक्षमा एमालेका प्रदीप गौचन र उपाध्यक्षमा काँग्रेसका सोमल हिराचन निर्वाचित भएका छन् । थसाङको मत गणना सकिएसँगै यो जिल्लाका पाँचवटै (सबै) पालिकाको मतगणना सकिएको छ । सोमबार थासाङ गाउँपालिकाको मतगणना सकिएको हो । थसाङको अध्यक्षमा एमालेका प्रदीप गौचन एक हजार १ सय ४४ मत पाएर विजयी भएका हुन ।

प्रतिद्वन्द्वी काँग्रेसकी बालकुमारी शेरचनले १०५५ मत पाइन् । उपाध्यक्षमा काँग्रेसका सोमल हिराचन १२ सय १२ मत पाएर विजयी भए । उपाध्यक्षमा प्रतिद्वन्द्वी एमालेकी सुमिता शेर्पाले १ हजार ८० मत पाइन् । थसाङसँगै लोमन्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा एमालेले अध्यक्ष जितेको छ । घरपझोङमा काँग्रेसले जितेको छ ।