Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

६ दलीय गठबन्धनलाई हराउँदै ओलीको गृहनगरमा एमाले विजयी

Sunday, May 15, 2022 National Power

सत्तारुढ पाँच दल र राप्रपासहितको गठबन्धनलाई हराउँदै दमक नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । उक्त नगरपालिका एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर पनि हो। केहीबेर अघि सार्वजनिक मत परिणाम अनुसार सो वडामा एमालेका हरी नेउपानेको प्यानल नै विजयी भएको छ।
नेउपानेले १२ सय ८८ मत ल्याउँदा गठबन्धनका तारा अधिकारीले १२ सय ६३ मत ल्याइन्।

नगरपालिका प्रमुखमा पनि एमालेकै गीता अधिकारीले अग्रता जारी राखेकी छन्। उनले गठबन्धनका उम्मेदवारलाई ४१ मतले पछि पारेकी छन्। उपप्रमुखमा भने गठबन्धनकी रेगिना प्रसाईंले १२ सय ८४ मत ल्याएर अग्रता लिँदा एमालेबाट उपप्रमुख उम्मेदवार अम्बिका खनालले ११ सय ४९ मत पाएकी छन्। यस्तै तीन दलीय गठबन्धनलाई पराजित गर्दै नुवाकोटको तारकेश्वर गाउँपालिकाको वडा नम्बर ६ को अध्यक्षमा नेकपा एमालेका नेता नारायणप्रसाद रिमाल विजयी भएका छन ।

एमाले नुवाकोटको जिल्ला कमिटी सदस्य समेत रहेका रिमालले गठबन्धनका उम्मेदवारलाई ४३ मतान्तरमा पराजित गरे । यसअघि नेपाली कांग्रेसले जितेको र उसैको गढ मानिएको वडामा एमालेले विजयको झण्डा फहराएको हो । एमालेबाट उम्मेदवार बनेका नारायण रिमाल ४ सय ५१ मत ल्याएर विजयी भएका छन । वडाध्यक्षमा नारायण रिमालले नेपाली कांग्रेसबाट वडाध्यक्षका प्रत्यसी नवराज रिमालले ३ सय ९८ मतले पराजित गरेका हुन । जम्मा १२ सय ३३ मत खसेको थियो । तारकेश्वरमा नेपाली कांग्रेस, नेकपामाओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन रहेको छ ।

त्यसैगरी वडा सदस्यमा एमालेका २ जना र कांग्रेसबाट १ जना विजयी भएका छन् । तारकेश्वर ६ मा यसअघि नेपाली कांग्रेसबाट ज्ञानेन्द्र तामाङ विजयी भएका थिए । नेकपा एमाले तारकेश्वरका सहईन्चार्ज समेत रहेका रिमाल यसअघि २०७४ को स्थानिय निर्वाचनमा पनि लोकोप्रिय मतका साथ वडा सदस्यमा निर्वाचित भएका थिए । स्थानीय तह निर्वाचनको मतपरिणामसँगै नतिजा आउन सुरू भएको छ। अहिलेसम्म १० वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ। जसमध्ये सबैभन्दा धेरै नेकपा एमालेले ५ वटा स्थानीय तहमा जित हात पारेको छ।