Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

नेकपा एकीकृत समाजवादीबाट नेकपा एमालेमा प्रवेश

Sunday, May 8, 2022 National Power

जनकपुरधाम – धनुषाको कमला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी नेता रामचन्द्र झाले तानाशाही प्रवृत्ति देखाएको भन्दै नेकपा एमालेमा प्रवेश गरेको उनीहरुले बताएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य कपिलदेव बनरैत, जेबिन्दर यादव, श्यामसुन्दर यादव, रामनारायण यादव, जगदीश मुखियासहितका नेता/कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

कपिलदेवका अनुसार झण्डै डेढ सय जना नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमालेका प्रदेश सदस्य सुकदेव यादव, एमाले मेयरका उम्मेदबार दीपेन्द्र यादवसहितकाले स्वागत गरेका छन् । एमाले प्रवेश गरेका कपिलदेवले नेता रामचन्द्र झाले पार्टीमा मनोमानी गर्दै तानाशाही प्रवृत्ति देखाएकाले एमालेमा प्रवेश गरेको बताए । यसअघि धनुषाकै सबैला नगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट मेयर पदमा उम्मेदबारी दिएका राजु गुप्ता नेकपा एमालेमा प्रवेश गरेका थिए ।