
काठमाण्डौ– “सुर्य चिन्हमा मतदान, विकास निर्माण हाम्रो अभियान” भन्ने मुलनाराका साथ काठमाण्डौ महानगरपालिका वाड नम्बर ३० को चुनावी अभियान तिब्र पारिएको छ । नेकपा एमाललेले यस पटक वडा नम्बर ३० को वडा अध्यक्षको लागि कृष्णभक्त खड्गीलाई उम्मेदवारको टिकट दिएको छ भने वडा सदस्यको लागि महिला तर्फ भिमा कार्की, दलित महिला सदस्य तर्फ गीता सिंह परियार, सदस्य सिजन भण्डारी र राजभाई बज्राचार्यले टिकट पाएका छन् ।
टिकट पाए लगत्तै नेकपा एमाललेले वडा नम्बर ३० मा घरदैलो अभियान सुरु गरेको छ । आफ्नो वडालाई सुविधा सम्पन्न बनाउने र नमुना वडाको रुपमा विकसीत गर्ने संकल्पका साथ चुनावी मैदानमा होमिएको वडा अध्यक्षका उम्मेदवार कृष्ण भक्त खड्गीले बताएका छन् । वडा नम्बर ३०मा अनियमिततारभ्रष्टाचारको अन्त्य, पारदर्शीरसुशासन र झन्झटमुक्त सेवाप्रवाह, सम्पदार कला/संस्कृति तथा वातावरणको संरक्षण, गुणस्तरीय शिक्षारस्वास्थ्य तथा सामाजिक सुरक्षामा स्थानीय तहबाटै विशेष पहल गर्ने र सेवक अनि जवाफदेही स्थानीय सरकार निर्माण गर्ने लगायतका अभियानहरुलाई घोषणपत्रमा उल्लेख गर्दै आफ्नो चुनावी अभियानलाई सक्रिय बनाएका छन् ।
यस्तै दलित महिला उम्मेदवारको तर्फबाट उम्मेदवार बनेकी समाजसेवी गीतापरियार लामो समय देखी समाज सेवामा सक्रिय रहदै आएकि छन् । रसिक र हंसिलो स्वाभावकी गीता समाजमा निकै लाकेप्रिय उद्यमी तथा समाजसेवी महिलाको रुपमा चर्चामा छिन । वडा नम्बर ३० लाई समृद्ध बनाउने आफ्नो अभियानलाई पुरा गर्नको लागि सम्पुर्ण वडावासीहरुमा मतदानको अपिल समते गरेकि छन् ।