Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

मिलापद्वारा स्रष्टा सम्मान तथा शुभकामना आदान प्रदान

Thursday, April 28, 2022 National Power

 

काठमाडौं-विगत बाह्र वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष २०७९ शुभकामना आदान-प्रदान’ कार्यक्रम गरेको छ । काठमाडौंको कान्तिपथमा एक विशेष सामारोहबीच मिलापले पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानको प्रमुख आतिथ्यतामा शुभकामना तथा मिलाप स्रष्टा सम्मान कार्यक्रम गरेको हो ।

पहिलो महिला छायांकार तथा नेपाल टेलिभिजन बोर्ड सदस्य सबनम मुखिया, गीतकार संघका निर्वतमान अध्यक्ष वरिष्ठ गीतकार चुडामणि देवकोटा, रेडियो प्रसार सेवा विभाग समितिका सदस्य तथा वरिष्ठ गायक सीताराम पोख्रेल, सञ्चारिका समूह नेपालकी अध्यक्ष विमला तुम्खेवालगायतको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको शुभारम्भ गायक तथा संगीतकार शिशिर योगीले ‘यो देशमा म एउटा मान्छे खोजिरहेको छु….’ बाट गर्नुभएको थियो ।

समारोहमा टीका-गोपाल गीतसंगीत विशेष सम्मान-२०७९ बाट संगीतकार सन्तोष श्रेष्ठलाई सम्मान गरिएको थियो भने मिलाप राष्ट्रिय व्यक्तित्व सम्मानबाट विशिष्ट कलाकार तथा निर्देशक मोहन निरौला, लय संग्रौला, विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्याय, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार तथा निर्देशक गणेश सुवेदी, गीतकार वसन्त वित्यासी थापा, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, संगीतकार दीपक शर्मा, राजेन्द्र बजगाईं, साहित्यकार राधा भण्डारीलाई सम्मान गरिएको थियो ।

यसैगरी सो समारोहमा हास्य कलाकार तथा लोकदोहोरी गायक गोकुल कँडेल, खेलाडी तथा प्रशिक्षक रामदास गोपाली, लोक गायक तथा मोडल देबबहादुर परियार (हीरा), नायक तथा कलाकार विनोद श्रेष्ठ, सञ्चारकर्मी व्यवसायी शिरीषा पौडेल, गायक तथा संगीतकार आशिष अविरल, निर्माता समाजसेवी यमप्रसाद श्रेष्ठ, चरित्र अभिनेता राजेश विशुराल, समाजसेवी सुमी राई लिम्बू, गीतकार यमलाल कँडेल, संगीतकार कृष्ण भारद्वाज, गायिका रानी शाक्यलाई सम्मान गरिएको थियो ।

यस्तै सो कार्यक्रममा गीतकार कृट क्षेत्री, गायक सरगम राई, गीतकार भुवन शर्मा कँडेल, गीतकार समीर खान, गायक भुवन प्यासी, संगीतकार विशाल ढकाल, गायक अलिप खान, गायक तथा संगीतकार रमेश पाठक, गायिका मञ्जु कुमारी लावती, फिल्म तथा भिडियो सम्पादक दिनशन शाह, म्युजिक भिडियो निर्देशक केशवराज भट्ट, अधिवक्ता तथा गीतकार राजेन्द्र शर्मा, ध्वनि सम्पादक मनोज परियार र नृत्य निर्देशक गोविन्द प्रभातलाई सम्मान गरिएको थियो ।

लायन हरि दाहाललाई मिलाप कभर हस्तान्तरसमेत प्रदान गरिएको समारोहमा वरिष्ठ पत्रकार विजयरत्न तुलाधर, सन्तोष श्रेष्ठ, मोहन निरौला, चुण्डामणि देवकोटा, प्रमुख अतिथि पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानलगायतले शुभकामना मन्तव्य राख्दै समसामयिक राजनीतिक घटनाक्रमका विषयमा आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

मिलाप फाउण्डेशनकी अध्यक्ष तथा मिलापकी कार्यकारी सदस्य गीता अधिकारी संयोजक रहनुभएको कार्यक्रमको सहजीकरण दीप ज्योतिले गर्नुभएको थियो भने सभापतित्व मिलापका सम्पादक कृष्ण भुसालको रहेको थियो । समारोहमा प्रमुख अतिथिलाई विशेष मायाको चिनो प्रदान गरिएको थियो ।