Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

राष्ट्रपति भवन शितल निवासमा आईतबार आयोजित हेमवहादुर मल्ल सम्मान समर्पण कार्यक्रम माझ उपाध्याय विभुषित

Monday, April 25, 2022 Devil Singh Rajput

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व  प्रमुख आयुक्त एवम्  पूर्व सचिव सुर्यनाथ उपाध्याय हेमवहादुर मल्ल सम्मानबाट विभुषित हुनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आईतबार आयोजित सम्मान समर्पण कार्यक्रम माझ उहाँलाई राष्ट्रपति  विद्यादेवी भण्डारीले दुई लाख राशी र कदरपत्र सहित विभुषित गर्नुभएको थियो । सम्मान पस्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति  भण्डारीले उपाध्यायले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त, नेपाल सरकारको सचिव लगायतका जिम्मेवारीमा रहेर जनप्रशासनको क्षेत्रमा पुर्‍याउनुभएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै हेमबहादुर मल्ल सम्मानका लागि छनौट भई  सम्मानित हुनुभएकामा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

सो अवसरमा कार्यक्रमलाई सभापतिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा  जनप्रशासन संघका अध्यक्ष कृष्णहरि  बाँस्कोटाले जनप्रशासन संघ, हेमबहादुर मल्ल र उहाँको स्मरणमा दिईने सम्मान एवम् हेमबहादुर मल्ल सम्मान २०७६ बाट विभुषित हुनुहुने सुर्यनाथ उपाध्यायको व्यक्तित्व बारे प्रकाश पार्नुहुँदै दुई लाख राशी सहितको उक्त सम्मानले नेपालको जनप्रशासन क्षेत्रमा कृयाशिल सकल परिवारलाई प्रेरणा मिल्दै आएको उल्लेख गर्नुभयो ।

त्यसैगरि  उक्त पुरस्कार छनौट  समितिका संयोजक पूर्वमन्त्री माधव पौडेलले ९३ निवेदनबाट चौथो चरणमा ४ जना छनौट गरि अन्तिममा लोकसेवा आयोगको मापदण्ड अनुरुप ५ वटा  बिषयहरु सार्वजनिक सेवा, अनुभुती, व्यवस्थापकिय र कार्य क्षमता, पेशागत निष्ठा, सकृयता र निरन्तरता, सार्वजनिक छविको  मुल्यांकनका आधारमा  सर्वोकृष्ट अंकभार सहित सुर्यनाथ उपाध्यायलाई हेमबहादुर मल्ल सम्मान २०७६ का लागि छनौट गरिएको  जानकारी दिनुभयो ।
सो अवसरमा सम्मानित व्यक्तित्व पूर्व  प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले सम्मानका लागि आफुलाई योग्य ठानेकामा  हेम बहादुर मल्ल सम्मान छनौट समिति, जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रति अनुग्रह व्यक्त गर्नुहुँदै देशको जनप्रशासनको क्षेत्रमा धेरै चुनौतीहरु रहेकोले सोलाई चिर्दै अघि बढनुपर्ने खाँचो औल्याउनु भयो ।

त्यसैगरि कार्यक्रमको प्रायोजक संस्था साल्ट  ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले कर्पोरेशनका पूर्व महाप्रबन्धक हेमबहादुर मल्ल एक निष्ठावान  व्यक्तित्व भएको स्मरण  गर्नुहुँदै उहाँको नाममा स्थापित सम्मानसँग जनप्रशासन संघ (पान) जस्तो गर्विलो संस्थासँगसंगै जोडिनपाएकामा कर्पोरेशन परिवारले गर्व महशुस गर्दै आएको धारणा राख्नुभएको थियो ।

त्यसो त, कुशल प्रशासक एवम् व्यवस्थापक हेमबहादुर मल्ल सम्मान र सो को सत्रौ संस्करण बारे प्रशासन, व्यवस्थापन, संचार क्षेत्र  र समग्र देशवासीलाई थप जानकारी दिने उदेश्य सहित वानेश्वर स्थित एभरेष्ट होटलमा जनप्रशासन संघ  र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कार्यक्रम आयोजना गरेको छ ।

सो अवसरमा जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटा, सम्मानित व्यक्तित्व पूर्व  प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, पुरस्कार छनौट  समितिका संयोजक पूर्वमन्त्री माधव पौडेल, साल्ट  ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष कल्याण गोविन्द श्रेष्ठ सहित अन्य व्यक्तित्वहरुले सभालाई सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रम माझ पुर्व मन्त्री, पूर्व सचिव एवम् जनप्रशासन संघका पूर्व  अध्यक्ष विद्याधर मल्लिकले सुर्यनाथ उपाध्याय जनप्रशासन क्षेत्रका एक दिग्गज व्यक्तित्व हुनुका साथै निर्भिक र सकृय जीवन जिउनु हुने व्यक्ति रहनु भएको भन्दै प्रशंसा गर्नुभएको थियो ।  साथै,  उहाँले प्रशासनमा काम गर्दै गर्दा हरेक कर्मचारीले आफुलाई जनताको सेवकका रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।

उपाध्यायले आधारभुत समस्यामा ३ करोड जनसंख्या भएको मुलुकमा डेढ अर्व जनसंख्या रहेको मुलुकसँग खुला सिमाना ठुलो चुनौतीको रुपमा रहेको उल्लेख गर्नुहुँदै पारस्परिकताको सिद्धान्त अनुरुप देशको स्वाधिनता अक्षुण राख्न नसक्दासम्म देश आफनै खुट्टामा उभिन नसक्ने बताउनुभयो । साथै   उहाँले प्रशासनमा राजनीतिक हस्तक्षेप बढि रहेको र कुटनीति रुपमा पनि मुलुक असफल  रहदै आएको बताउनुहुँदै देशको जनप्रशासन बलियो नभई  देश बलियो हुन नसक्ने बताउनुभयो ।

सो अवसरमा साल्ट  ट्रेडिङ कर्पोरेशन लिमिटेडकी  प्रमुख कार्यकारी अधि कृत उर्मिला श्रेष्ठले हेमबहादुर मल्लको दुरदर्शिता, कुशल व्यवस्थापकिय कार्य कौशलता, पारदर्शिता आदी जस्ता सदगुणलाई साल्ट ट्रेडिङले अनुसरण गर्दै आएको उल्लेख गर्नुहुँदै कर्पोरेशनले सेवा विविधिकरण मार्फत आम सर्वसाधारणको हितलाई केन्द्रमा राखेर वस्तुनिष्ठ तबरले कारोबारमा होमिदै आएको उल्लेख गर्नुभयो ।  साथै उहाँले कर्पोरेशनले देशको दुरदराजसम्म आयोडिनयुक्त नुनको पहुँच विस्तारसँगसँगै, चिनी, एल पि ग्यास लगायतका अत्यावश्यकिय दैनिक उपभोग्य वस्तुको कारोबार, उत्पादनशिल कृषि क्षेत्र, आवास आदी क्षेत्रमा लगानी बिस्तार गरेको र यसबाट देशको आर्थिक एवम् समग्र विकास प्रकृयामा उल्लेख्य योगदान पुर्याउने लक्ष्य लिएको जनाउनु भयो ।  सो क्रममा उहाँले कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरको केही समय अघि भएको निधनले कर्पोरेशनलाई अपुरणिय क्षती पुगेको जनाउनु हुँदै उहाँ प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्नुभयो ।