Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

काठमाण्डौको धारामा मेलम्चीको पानी

Sunday, April 24, 2022 National Power

काठमाण्डौ – मेलम्चीको पानी काठमाडौँका धारामा पुनः आउन सुरु गरेको छ । यसअघि पनि पानी वितरण सुरु गरिए पनि मेलम्चीमा आएको भीषण बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको संरचनामा क्षति पुगेपछि वितरण बन्द भएको थियो ।

क्षतिग्रस्त संरचनाको पुनर्निर्माणपछि खानेपानी मन्त्री उमाकन्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको नयाँ बानेश्वरस्थित शाखा कार्यालयबाट आइतबार एक कार्यक्रमबीच धारामा पानी वितरण शुभारम्भ गरेका हुन् ।

मन्त्री चौधरीले गत चैत २९ गते आयोजनाको हेडवर्क्सबाट सुरुङतर्फ पानी पथान्तरण सुरुवात गरेका थिए । त्यसपछि सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट शुद्ध गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका १० वटा रिजर्भवेर ट्याङ्कीमा पठाइएको थियो । अहिले घरघरमा पाइपमार्फत धारामा पानी पठाउन सुरु गरिएको हो ।