Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

१२ औं छायाँछवि डी सिने अवार्ड सम्पन्न

Monday, April 11, 2022 National Power

       काठमाण्डौ – डी.सीने अवार्डको १२ औँ संस्करण काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डिसीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । २०७६ सालभर प्रदर्शनमा आएका फिल्म मध्येबाट दर्ता भएका फिल्महरूको आधारमा निर्णायक मण्डलले उत्कृष्ट छनौट गरेको हो । शनिवार धुलिखेलमा सम्पन्न अवार्डमा ‘छ माया छपक्कै’ले सर्वाधिक ८ विधामा अवार्ड जित्न सफल भएको छ । यस्तै, मारुनी र साङ्लो फिल्मले ६ विधामा अवार्ड जितेका छन् । प्रतिष्पर्धामा रहेका २७ विधासहित जुरीले थप ६ विधामा अवार्ड प्रदान गरिएको थियो । वर्षको उत्कृष्ट फिल्ममा मारुनीसँगै निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्काले पनि अवार्ड जित्न सफल भए ।

यस्तै अभिनेत्रीतर्फ छ माया छपक्कैबाट केकी अधिकारीले अवार्ड जित्न सफल भइन् । यस्तै, जुरी अवार्डतर्फ यहिँ फिल्मले पपुलर फिल्मको अवार्डसँगै निर्देशकमा दीपेन्द्र लामाले पनि अवार्ड जित्न सफल भए । यसै फिल्मतर्फ निर्देशनमा दीपेन्द्र लामा र पपुलर फिल्ममा छ माया छपक्कैले जुरी अवार्ड जित्यो । लेखक, निर्देशक तथा कलाकार मोहन निरौलाको संयोजकत्वमा निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्री तथा मोडल शोभीता सिम्खडा निर्णायक रहेको टोलीले अवार्डमा दर्ता भएका फिल्म मध्येबाट उत्कृष्ट चयन गरेका हुन् ।

अवार्डको १२ औँ संस्करणमा आइपुग्दा डिजिटल फिल्मको विकल्प नरहेको अवार्ड अध्यक्ष शान्तिप्रियले बताए । उनले आफूसहित आफ्नो टिम सात प्रदेश चौध सहरमा फिल्म प्रमोसनका विविध कार्यक्रम लिएर पुग्नेसमेत बताए । इभेन्ट आयोजनाकालागि हेराल्ड मिडियाका तर्फबाट समिर लामा संयोजन रहेका थिए भने लामाको संयोजकत्वमा भएको १२ औँ संस्करणको अवार्डमा छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकै पहिलो फिल्म ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरी प्रथम नायिकाको उपमा पाएकी भुवन चन्दलाई प्रदान गरियो । उनलाई नगद पच्चीस हजार एक रुपैयाँसहित सम्मान गरिएको हो ।

त्यस्तै, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष तर्फ) अभिनेता विजय लामा र छायाँछवि चलचित्रकर्मी रजत सम्मान (महिला तर्फ) झरना थापालाई प्रदान गरियो । छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार विष्णुप्रसाद सुवेदीलाई प्रदान गरिएको छ । उनलाई नगद १२ हजार २ सय २२ रुपैयाँसहित पुरष्कार प्रदान गरिएको हो ।

यस्तै, नेपाली फिल्मको प्रवर्द्धनमा योगदान दिएको भन्दै मोडल सगार घिसिङ, गीतकार सुरेन्द्र महर्जन, निर्माता विनोद गुरुङ, मोडेल नन्दा बस्याल, संगीतकार राजेन्द्र बजगाईं, मोडेल गौतम खाती, कलाकार इन्द्र दोङ तामाङ, निर्माण नियन्त्रक यमप्रसाद ओली र फोटो पत्रकार च्याङवा लामालाई डिसीने अवार्डमा आयोजक संस्था छायाँछवि क्रियसनले सम्मान गरेको थियो ।

कार्यक्रममा प्रतिष्पर्धामा रहेका बाहेक चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र संघका पूर्वअध्यक्ष प्रदीपकुमार उदय, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ फिल्मकर्मी कृष्ण मल्ल, निर्देशक तथा निर्माता अशोक शर्मा, चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला, निर्देशक दीपक श्रेष्ठ, कलाकार गजित विष्ट, निर्देशक शोभित बस्नेतलगायत फिल्मकर्मीको उपस्थिति थियो । कार्यक्रममा जीतु नेपालले आफ्नो हाँस्य प्रस्तुति दिँदै बढ्दो सामाजिक सञ्जालको विकृतिमाथि व्यंग्य गरेका थिए भने दीपशा विसीले नृत्य प्रस्तुत, कृष्ण काफ्लेको गायन प्रस्तुती तथा संजिवनी स्कूलको स्वागत नृत्य रहेको थियो ।

अवार्ड विजेताको सूची
१. उत्कृष्ट पाश्व संगीत  : एलिस कार्की  : साङ्लो
२. उत्कृष्ट ध्वनीमिश्रण  : अमित श्रेष्ठ  : जात्रै जात्रा
३. उत्कृष्ट गीतकार  : राजेन्द्र थापा – जुनको जुनेली  : छ माया छपक्कै
४. उत्कृष्ट पाश्र्व गायिका  : इतु जोजीजु – बिर्सन सकिन  : मखमलीमखमली
५. उत्कृष्ट पाश्र्व गायक  : कृष्ण काफ्ले – हाने मैले झटारो  : मारुनी
६. उत्कृष्ट चलचित्रलोक संगीत संगीतकार  : बसन्त थापा – जुनको जुनेली  : छ माया छपक्कै
७. उत्कृष्ट संगीतकार  : अर्जुन पोखरेल – सुन्यौ की सुनेनौ  : लभ डायरीज
८. उत्कृष्ट नृत्य निर्देशक  : कविराज गहतराज – एम जी रोडैमा  : हजार जुनीसम्म
९. उत्कृष्ट द्वन्द्व निर्देशक  : श्री श्रेष्ठ  : साङलो
१०. उत्कृष्ट हाँस्यकलाकार  : केदार प्रसाद घिमिरे  : छ माया छपक्कै
११. उत्कृष्ट खलपात्र  : प्रकाश शाह  : साङ्लो
१२. उत्कृष्ट कथा  : गोविन्द फूयांल  : मारुनी
१३. उत्कृष्ट पटकथा  : आशुतोष राज श्रेष्ठ  : जाईरा
१४. उत्कृष्ट सम्वाद  : रामबाबु गुुरुङ÷उपेन्द्र सुब्बा  : कबड्डी कबड्डी कबड्डी
१५. उत्कृष्ट नव–नायिका  : रुवीना थापा  : लभ डायरीज
१६. उत्कृष्ट नव–नायक  : अंकीत शर्मा  : रातो टीका निधारमा
१७. उत्कृष्ट नव–निर्देशक  : विराज भट्ट  : साङ्लो
१८. उत्कृष्ट चरित्र अभिनेत्री  : मिथिला शर्मा  : आमा
१९. उत्कृष्ट चरित्र अभिनेता  : माओत्से गुरुङ  : कबड्डी कबड्डी कबड्डी
२०. उत्कृष्ट सह–अभिनेत्री  : स्वस्तीमा खड्का  : हजार जुनीसम्म
२१. उत्कृष्ट सह–अभिनेता  : जीतु नेपाल  : छ माया छपक्कै
२२. उत्कृष्ट छायाँकार  : सञ्जय लामा  : मारुनी
२३. उत्कृष्ट सम्पादक  : बिपिन मल्ल  : छ माया छपक्कै
२४. उत्कृष्ट अभिनेत्री  : केकी अधिकारी  : छ माया छपक्कै
२५. उत्कृष्ट अभिनेता  : पुष्प खड्का  : मारुनी
२६. उत्कृष्ट निर्देशक  : नवल नेपाल  : मारुनी
२७. उत्कृष्ट फिल्म  : मारुनी  : पुनम इन्टरटेनमेन्ट प्रा.लि.
जुरीद्वारा थप गरिएको ६ विधा
इनकरेजमेन्ट अवार्ड  : क्षितिज सुवेदी  : वीर विक्रम २
साउण्ड एडिटर  : किशोर आचार्य  : सानो मन
भिएफएक्स आर्टिस्ट  : समिर मियाँ  : साङ्लो
वर्षको पपुलर गायिका  : मिलन नेवार  : चरीले काफल  : साङ्लो
जुरी अवार्ड (निर्देशक)  : दीपेन्द्र लामा  : छ माया छपक्कै
पपुलर फिल्म  : छ माया छपक्कै  : रोहित अधिकारी फिल्म्स् प्रा.लि.