Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

ललितपुर चेम्बर अफ कमर्शको दोस्रो वार्षिक धारणसभासा सम्पन्न, पत्रकारद्वय ओझा र दुलाल सम्मानित

Friday, April 8, 2022 Devil Singh Rajput

ललितपुर, २४ चैत्र । ललितपुर चेम्बर अफ कमर्शले दोस्रो वार्षिक साधारणसभा आयोजना गरेको छ । विहिबार मानभवन स्थित क्रिस्टल पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रमको समुदघाटन उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालले गर्नुभएको थियो ।

सो अवसरमा कार्यक्रम माझ स्वागत मन्तव्य राख्नुहुँदै ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले उद्योगी व्यवसायीको हकहितको निम्ती आफूहरु लागि पर्दै आएको सन्दर्भ उल्लेख गर्दै स्वदेश भित्र मात्र नभई विदेशमा पनि ललितपुर चेम्बरले सहकार्य सम्बन्ध स्थापना गरेको जानकारी गराउनु भयो । अध्यक्ष शाक्यले कोभिड, बैंक व्याजदर, भन्सार दर ब्रिद्धी, आर्थिक संकुचन, बजार अनुगमन आदीका कारण व्यवसायीहरु मर्कामा पर्दै आएको उल्लेख गर्दै निकासी प्रबर्धन, अनुदान, औद्योगिक ग्राम, क्राफट भिलेज आदी सम्बन्धी कार्यहरु गर्न आवश्यक रहेको जनाउनुभयो ।

कार्यक्रम माझ प्रमुख अतिथीको आसबाट बोल्नु हुँदै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालले ललितपुरमा निजी क्षेत्रलाई संगठित गर्दै उद्योगी व्यवसायीको हित र देशको आर्थिक विकासमा ललितपुर चेम्बरले टेवा पुर्याउदै आएको उल्लेख गर्नुभयो ।मन्त्री भुषालले जिल्ला तहमा उद्योगी व्यवसायीको हितका निम्ती चेम्बर खरो उत्रन सकोस भन्ने शुभेच्छासहित शुभकामना व्यक्त गर्दै आर्थिक पक्षका लागि काम गर्नुपर्ने हुँदा राजनीतिक पार्टी जस्तो नभई सहकार्य सहमतीलाई प्राथमिकता दिदै निजी क्षेत्र मिलेर अघि बढनुपर्ने जनाउनुभयो । साथै उहाँले ललितपुर चेम्बर अफ कमर्शको तर्फबाट अध्यक्ष शाक्यले उठान गर्दै आउनु भएको माग पुरा गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने पनि उहाँले उल्लेख गर्नुभएको थियो ।

कार्यक्रम माझ नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले चेम्बर आन्दोलनलाई अघि बढाउने क्रममा हालसम्ममा ७१ जिल्लामा नेपाल चेम्बरको संजाल बिस्तार भैसकेको जानकारी दिनुहुँदै उद्योगी व्यवसायीहरु देशको अर्थतन्त्रलाइ सबल र आत्मनिर्भर बनाउन तर्फ अग्रसर रहनुपर्ने बताउनुभयो । निर्यातभन्दा आयात १० गुणा बढि हुँनु दुर्भाग्य भएको बताउदै मल्लले अहिले आर्थिक सुचक नकारात्मक रहनु मुलुक र व्यवसायीको हितमा नरहेकाले उत्पादनमुलक क्षेत्रलाई प्राथमिकता दिन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । मुलुकलाई संकटबाट जोगाउन उद्योगी व्यवसायीले आ आफ्नो क्षेत्रबाट योगदान दिन आवश्यक रहेको जनाउदै उहाँले ललितपुर चेम्बर एवम् सम्बद्ध व्यवसायीलाई कृषि समिति गठन गर्न, हस्तकलालाई प्राथमिकता दिन, एकिकृत व्यवसाय गर्न सुझाव समेत पेश गर्नुभएको थियो ।

ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले हालै मात्रै महानगरपालिकाले बहाल कर ८ प्रतिशतमा झारेको, महिला व्यवसायीलाई ३५ प्रतिशत छुट दिएको, महानगरपालिकाले आफ्नै संयोजकत्वमा कोसेली घर निर्माण गर्न सटर उपलब्ध गराउन लागेको जानकारी गराउदै गत निर्वाचनमा आफूले आफ्नो कारणले कसैले शिर झुकाउनु पर्दैन र ५० प्रतिशत आफ्नो सेवा सुविधा दिन्छु भनेर बोलेका वचन पुरा गरेको जनाउनुभयो ।

सो अवसरमा राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जनले देशमा महंगी बढदै जानु दु:खद भएको बताउनु हुँदै व्यवसायीलाई दु:ख सुनाउनु नुन चुक दल्नु जस्तै रहेको उल्लेख गर्नुभयो । साथै, उहाँले सरकारले ५५ करोडको सुपारी आयात खुला गर्ने तर चामल, चिनी जस्ता अत्यावश्यक वस्तु आयात रोक्ने निती लिनु कति उचित होला भन्दै प्रश्न गर्नुभएको थियो । कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले ललितपुर चेम्बर अफ कमर्शले सांस्क्रितिक नगरि ललितपुरको सम्पदा, संकृतिको जगेर्ना गर्दै जनताको आयआर्जन र मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउन ध्यान देओस भन्ने सन्दर्भ उल्लेख गर्नुभयो । त्यसैगरि नेपाल क्यान्सर अस्पतालका अध्यक्ष डा. सुदिप श्रेष्ठले समुदायको उत्थानका लागि अस्पताल चेम्बरसँग सहकार्य गर्न सदैव तयार रहेको उल्लेख गर्नुभयो । कार्यक्रममाझ संचारकर्मीद्वय सरोज ओझा र अशोक दुलाललाई सम्मान गरिएको थियो । सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल, ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ललितपुर चेम्बरका अध्यक्ष पुष्परत्न शाक्यले संयुक्त रुपमा भित्तेपात्रो तथा पत्रिका विमोचन गर्नुभएको थियो ।