Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

गीतकार प्रमिला बस्नेतको शब्दमा ‘बनकी चरी’ सार्वजनिक

Wednesday, March 30, 2022 National Power

क्यानडामा रहेर निरन्तर गीतलेखनमा सक्रिय गीतकार प्रमिला बस्नेतको ‘बनकी चरी’ बोलको गीत सार्वजनिक भएको छ ।

द भ्वाइस अफ नेपाल की प्रतिष्पर्धी गायिका सुरक्षा सेन्चुरीको आवाजमा रहेको गीतमा नेपाली परिवेशलाई चित्रण गरिएको छ । गीतमा मायालु जोडि विचको प्रेम प्रसंङगलाई समेटिएको छ ।

मौलिकपनमा आधारित गीत भएकाले आम दर्शक तथा स्रोताको मनमा बस्न सफल हुनेमा आफु आशावादी रहेको गीतकार प्रमिलाले बताइन । आफनो मायाको राजकुमारलाई मायाको संसारमा एकान्तमा प्रेमका भाव ब्यक्त गर्न गायिका आतुर रहेकी छन ।

विकाश चौधरीको संगीत तथा एरेन्जमा तयार गरिएको गीतमा अजय चौधरीको छायाँकन , सुवास लिम्बुको सम्पादन तथा राज लावतीको निर्देशन गीतमा रहेको छ । गैरआवासीय नेपाली संघ अन्तररास्ट्रीय समन्वय परिषद (एनआरएनए आइसीसी) क्यानडाकी मानार्थ सदस्य समेत रहनु भएको गीतकार बस्नेतले यसअघिको गीतहरुलाई पनि दर्शकले धेरै मन पराएका थिए । ‘बनकी चरी’ गीत्को भिडियढोमा अजय चौधरी , अञ्जली माझी , विक्रम धिमाल र धिरज परियारको अभिनय तथा नृत्य रहेको छ ।

‘बनकी चरी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/4V7sOjA_grk” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>