Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

नाट्टाको बरिष्ठ उपाध्यक्ष पदमा प्रमोद दाहालको उम्मेदवारी

Wednesday, March 30, 2022 Devil Singh Rajput

काठमाडौं । ट्राभल एण्ड टुर्स व्यवसायीहरुको संस्था नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी १७ चैत्रमा हुने निर्वाचनका लागी प्रमोद दाहालले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन । दाहालले अध्यक्षका उम्मेद्वार रमेश थापाको प्यानलबाट आफ्नो दावेदारी प्रस्तुत गरेका हुन ।

कोलम्बस ट्राभल एण्ड टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक दाहाल पुराना पर्यटन व्यवसायी हुन । विगत तीन दशकदेखि पर्यटन व्यवसायमा संलग्न दाहालले यसअघि ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को कार्यसमिति सदस्यका रुपमा पनि आफ्नो जिम्मेवारी पुरा गरेका थिए । लामो समयदेखि उल्लेख्य संख्यामा बंगलादेशी पर्यटकलाई नेपाल भित्र्याउन सक्रिय दाहाल नेपाललाई “सभा सम्मेलन पर्यटन गन्तव्य” का रुपमा समेत विकास गर्न सकिने मान्यता राख्छन ।

“आज पनि पर्यटन क्षेत्रमा २०३४ सालको पर्यटन ऐन छ, पर्यटन क्षेत्रमा ठूलो परिवर्तन आईसक्यो, पर्यटन क्षेत्र र व्यवसायका समस्या हरु सम्बोधन गर्न पर्यटन ऐनलाई समयसापेक्ष बनाउन जरुरी छ”– दाहाल भन्छन–“त्यसका लागी नाट्टा मार्फत सरकारसंग सहकार्य र छलफल गर्दै पर्यटन ऐनलाई समयानुकुल बनाउन पहल गर्ने एजेण्डा छ ।” नाट्टाको अगुवाईमा अन्य पर्यटन क्षेत्रका सरोकारवालाहरुसंगको सहकार्यमा पर्यटन ऐनलाई समयानुकुल बनाएर पर्यटन क्षेत्रका महत्वपूर्ण विषयहरुलाई सम्बोधन गर्न आवश्यक रहेको र त्यसका लागी आँफुहरुले पहल गर्ने उनले वताए । नाट्टालाई टिमवर्क मार्फत थप व्यवस्थित बनाउन सकिने उनको विश्वास छ । सरकार र नीजि क्षेत्रविचको सहकार्यले पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउन सकिने उनको मान्यता छ ।

नाट्टामा बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका दाहाल टिकेटिङ क्षेत्रका समस्या समाधानका लागी आयटासंग सम्बन्धित विषयहरु पुनरावलोकलन गर्न पहल गर्ने, नेपाल राष्ट्र बैंक संग छलफल गरी विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्रलाई केहि राहत प्रदान गर्न पहल गर्ने जस्ता विषयलाई आफ्ना प्रमुख एजेण्डा रहेको उनले वताए । नाट्टाका सदस्य व्यसायीहरुको हितलाई ध्यानमा राखि अन्तर्राष्ट्रियस्तरमा गरिने पर्यटन पर्यटन प्रवद्र्धनका गतिविधिहरुलाई थप प्रभावकारी ढंगले गर्न सकिने उनको धारणा छ । त्यसका लागी सवै अग्रज र समकालिन व्यवसायीहरुको सल्लाह र सुझाव मार्फत नाट्टाको गरिमा बढाउने गरी कार्य गर्ने योजना बनाएको दाहालले वताए ।