Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

सर्वसाधारणले हेर्न पाउने भए वसन्तपुरको गद्दी बैठक

Tuesday, March 29, 2022 National Power

काठमाडौं- वसन्तपुरको गद्दी बैठक मंगलबारबाट सार्वसाधारणका लागि खुला गरिएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको गद्दी बैठक अमेरिकी एम्वेसी फण्डले मियामोतो रिलिफको सहयोगमा पुनर्निर्माण गरिएको हो । इन्द्रजात्राको अवसरमा राष्ट्राध्यक्षसहित विशिष्ट पाहुनाहरुले मात्र प्रवेश पाउने गद्दी बैठक पुनर्निर्माणपछि सर्वसाधारणका लागि अवलोकन प्रयोजनार्थ खुल्ला गरिएको हो ।

गद्दी बैठकको तल्लो तलामा प्रजातन्त्रदेखि गणतन्त्रसम्मका राजनैतिक एवं ऐतिहासिक घटनाक्रमहरु समेटेर प्रर्दशनीको व्यवस्था गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिनुभयो । हनुमानढोका दरबारमा रहेका केही चोकहरु लगायत दरबारसँग सम्बन्धित १०० वर्ष अगाडिका फोटोहरु गोलघरमा प्रर्दशनी साथै गरगहानसम्बन्धी कक्ष यस अगाडि नै सर्वसाधारणका लागि खुला गरिएको थियो । वसन्तपुर तथा हनुमानढोका क्षेत्रमा पुनर्निर्माण कार्य जारी छ ।