Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

राष्ट्रिय सेवा दलको सांस्कृतिक कार्यक्रममा बनेपाको नाईटिङ्गेल एकेडेमी दोश्रो 

Tuesday, March 8, 2022 National Power

  काभ्रेपलान्चोक – राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय बर्दिबास सैनिक शिविरले ४७ औ जुनियर डिभिजन तालिम पहिलो चरणको निरीक्षण तथा दिक्षान्त कवाज सम्पन्न गरेको छ ।

आजका युवा भोलिका कर्णधार हुन् अनुशासन नै राष्ट्रसेवाको मूल जग हो भन्ने आदर्श वाक्यलाई आत्मसात गरी अनुशासन, वफादारी, इमान्दारी र युवा वर्गमा नेतृत्व क्षमता विकास गर्दै राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यका साथमा नेपाली आर्मीले राष्ट्रिय सेवा दल तालिम दिदै आएको छ ।

पूर्वी तालिम शिक्षालय बर्दिबास सैनिक शिविरले एक सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरेको थियो । कार्यक्रममा देशका विभिन्न ठाउँ बाट १६ विद्यालयले सांस्कृतिक कार्यक्रममा भाग लिएका थिए । जसमा बनेपाको नाईटिङ्गेल एकेडेमीले दोश्रो स्थान हासिल गर्न सफल भएको थियो ।

कार्यक्रममा सहायक रथी बल कुमार रायमाझी, उपरथी रघु भण्डारी, सेनानी टंक नारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । सांस्कृतिक कार्यक्रममा बनेपाको नाईटिङ्गेल एकेडेमीले विभिन्न जात जातिको पहिचान ढल्काउने लुगा सहित नृत्य गरेको थियो । 

बनेपाको नाईटिङ्गेल एकेडेमी, पनौतीको एसओएस बालग्राम र अरुणोदय मावि, पाँचखालको गोल्डेन फ्युचर मावि र नमोबुद्धको भकुण्डेमा रहेको जनक माविमा गरि काभ्रेपलाञ्चोक जिल्लाका पाँच वटा विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरिएको थियो। जसमा गोल्डेन, जनक र एसओएस बालग्राममा सिनियर डिभिजन तथा नाईटिङ्गेल र अरुणोदयमा जुनियर डिभिजन गठन गरिएको थियो । 

उता कार्यक्रममा बनेपाको नाईटिङ्गेल एकेडेमीका अध्यक्ष रत्नकुश रन्जितले भन्नुभयो युवाहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलको दिक्षान्त कवाजमा सहभागी भएर आफ्नो विद्यालयले सांस्कृतिक कार्यक्रममा दोश्रो स्थान हासिल गरेकोमा ज्यादै हर्ष लागेको बताउनु भयो । 

उहाँले आफ्नो विद्यालय र सम्पुर्ण उपस्थित १६ विद्यालयका बिद्यार्थी लाई राष्ट्र सेवा, अनुशासन, ज्ञान र विवेक जस्ता विभिन्न पक्षमा विकास गर्न अहम भूमिका खेल्ने तालिममा छनौट भई तालिम सम्पन्न गर्ने क्याडेट छात्रा, छत्रालाई बाधाई समेत दिनुभएको थियो ।