Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

११२ औं नारी दिवसको अवसरमा पाँचा नारी सम्मानित

Sunday, March 6, 2022 National Power

काठमाण्डौ – ११२ औ अन्तराष्ट्रिय नारी दिवशको अवसर पारेर  मञ्जुश्री असहायक केन्द्रले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा सुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरेको छ । मञ्जुश्री असहाय केन्द्र काठमाण्डौ जिल्ला अध्यक्षता मिना बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङ प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै उपसभामुख तामाङले नेपालको जनसंख्याको झण्डै ५१ प्रतिशत महिलाहरुको जनसंख्या छ, राष्ट्रपति, प्रधानन्यायधिश  लगायत केही महत्वपुर्ण पदमा महिलाहरु भए पनि सिमित संख्यामा महिलाहरुको सहभागीता रहेको छ र सिमित आवाजलाइ सुनुवाई हुनै मुस्किल हुने गरेको छ, यसको लाग राजनितिक स्तरमा पनि अब ३३ हैन ५१ प्रतिशत नै महिला सहभागीता आवश्यक रहेको बताउनुभयो । यसको लागि सम्पुर्ण महिलाहरुले सक्रिय रुपमा राजनितिमा आउनु पर्ने बताउनुभयो ।

त्यस्तै ओरेक नेपालका अध्यक्ष डाक्टर रेनु राजभण्डारीले पहिला आफैबाट आफ्नो हक अधिकार र स्वतन्त्रताको लागि स्वयमले आवाज उठाउन जरुरी रहेको बताउनुभयो, साथै महिलाहरुले गर्न सक्ने काम पुरुषले पनि गर्न नसक्ने भएकोले महिलाहरुको दर्जा पुरुष भन्दा माथी हुनुपर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने ५ जना नारीहरुलाई उत्कृष्ट अन्तर्राष्ट्रिय नारी सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा युवा व्यवसायी रन्जु रन्जितकार, जेष्ठ नागरिक मिना मोक्तान, समाजिक अभियन्ता बेबि राजभण्डारी, समाजसेवी रिमा सापकोटा र सञ्चारकर्मी कमला जोशी रहेका छन् । सम्मानित नारीहरुलाई उपसभामुख तामाङले सम्मानपत्रले सम्मान गर्नु भएको कार्यक्रमको मिडिया संयोजक राजन थापाले जानकारी दिएका छन् । कार्यक्रममा ओरेक नेपालका अध्यक्ष डाक्टर रेनु राजभण्डारी, इन्द्रराज भट्टराई, समाजसेवी तथा समुन्नत महिलामञ्चकी अध्यक्ष सोमा खत्री, मञ्जुश्री असहाय केन्द्रकी अध्यक्ष मञ्जु खाँड लगायतको उपस्थिति रहेको थियो ।