Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र बनेपामा हर्षोउल्लासका साथ मनाईयो महाशिवरात्रि 

Tuesday, March 1, 2022 National Power

  काभ्रेपलान्चोक – महाशिवरात्रि पर्वको पावन अवसरमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र बनेपाले परमात्म प्रत्यक्षताको पर्व विषयक प्रवचन कार्यक्रमको आयोजना गरी हर्षोउल्लासका साथ मनाएको छ । कार्यक्रमको समुद्घाटन पूर्व उधोग राज्य मन्त्री तथा नेपाली कांग्रेस बाग्मती प्रदेशका महामन्त्री कञ्चन चन्द्र बादे, ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र बनेपाकी संचालिका ब्रम्हाकुमारी लक्ष्मी दिदीले दिप प्रज्वलन गरी गर्नुभएको थियो ।
उक्त कार्यक्रममा पूर्व राज्यमन्त्री बादेले ब्रम्हाकुमारी संस्थाले समाजलाई सकारात्मक बनाउन तथा मानिसलाई नैतिकवान बनाउन उल्लेखिए भूमिका खेलेको बताउनुभयो । सेवा केन्द्रले तनाव व्यवस्थापन, आन्तरिक शान्ति, तथा दुर्बेसनमा लागेकाहरुलाई सही मार्गमा लाग्न प्रेरित गरेको बताउनुभयो ।
ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र बनेपाकी संचालिका ब्रम्हाकुमारी लक्ष्मी दिदीले शिवरात्रि पर्वमा गाँजा, भाँङ, धतुरो जस्ता लागुपदार्थ सेवन गरेर अन्धकारमय जीवन जीउने भन्दा पनि परमात्मा शिवको दिव्य ज्ञानलाई धारण गरि जीवनलाई सुख, शान्ति आनन्द तथा प्रेममय बनाउनुपर्ने बताउनुभयो । उहाँले सुन्दर समाज निर्माण गर्न काम, क्रोध, लोभ, मोह अहंकार, ईष्या जस्ता मनिसमा भएका विकारलाई त्याग्नु पर्ने उल्लेख गुर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस बनेपा नगर समितीका सभापति महेश कर्मचार्य, काभ्रे जेसिसका अध्यक्ष संजिव मानन्धर, लगाएतले मन्तव्य राख्नुभएको थियो । साथै पत्रकार महासँघ काभ्रेका सह सचिव सरोज अधिकारी, ब्रम्हाकुमारी राधिका दिदी, ब्रम्हाकुमारी गीता दिदी, ब्रम्हाकुमार विष्णु बडाल लगाएत स्थानियको उल्लेखिए सहभागिता रहेको थियो ।