Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

युक्रेनको राजधानी किभमा बिहानैदेखि लगातार विस्फोट

Friday, February 25, 2022 National Power

काठमाडौं – युक्रेनको राजधानी किभमा आज पनि निरन्तर विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।सीएनएनका अनुसार राजधानी किभमा शुक्रबार बिहानै थुप्रै विस्फोटहरू भएका छन् । बिहानै लगातार विस्फोट भएको सीएनएनले उल्लेख गरेको छ ।युक्रेनका सरकारी अधिकारीहरूका अनुसार आज मात्रै दुई ठूला विस्फोट भएका छन् । त्यसमा क्रुज अथवा बलिस्टिक क्षेप्यास्त्रहरूको प्रयोग गरिएको हुनसक्ने उनीहरूको दाबी छ ।

युक्रेनमा बिहीबारमात्रै विस्फोट गराएर रुसले सैनिक कारबाहीको घोषणा गरेको थियो । त्यहाँका डोनेट्स्क र लुहान्सक दुई क्षेत्रलाई रुसले स्वतन्त्र राज्य घोषणा गरिसकेको छ ।यस्तै, बीबीसीका अनुसार राजधानी किभमा शुक्रबार एउटा रुसी विमान खसालिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । सेभेन ए कोशिट्सिआ स्ट्रीटमा एउटा घरनजिक जेट खसेको युक्रेनी अधिकारी एन्टोन हेराश्चेन्कोले बताए।

किभनजिक पर्ने ब्रोभेरी नगरस्थित एउटा सैनिक अखडामाथि रुसले क्रुज क्षेप्यास्त्र प्रहार गर्दा ६ जनाको मृत्यु समेत भएको छ ।