Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

मिस तामाङ–२०२२’ ट्यालेन्ट शोको १४औं संस्करण सम्पन्न फागुन २१ मा ग्य्राण्ड फिनाले

Sunday, February 20, 2022 Devil Singh Rajput

काठमाडौं / मोम्स इन्टरनेशनल नेपालले आयोजना गरेको ‘मिस तामाङ–२०२२’ ट्यालेन्ट शोको १४औं संस्करण सम्पन्न भएको छ ।
तामाङ भाषा, धर्म, कला सँस्कृति, भेषभुषाको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम शनिबार काठमाडौंको क्लक टावरको हलमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा १७ जना प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए भने प्रतियोगीहरुले स्वतःस्फूर्तमा आफ्ना प्रतिभा प्रदर्शन गरे ।
कार्यक्रमको निर्णायकहरुमा तामाङ चलचित्र निर्देशक तथा फ्याफुल्जी डिजिटल मिडियाका अध्यक्ष विनय दोङ तामाङ, मिस तामाङ २०२२ का विजेता सफलता थिङ, मिस तामाङ २०१७ का फष्ट रनर अप नवाङ मोक्तान र निर्देशक राज किङ वाइबा रहेका थिए ।
‘मिस तामाङ–२०२२’ को ग्य्राण्ड फिनाले आगामी फागुन २१ गते राष्ट्रिय सभा गृह भृकुटी मण्डपमा हुने अध्यक्ष रन्जिता ब्लोन लामाले जानकारी दिइन् ।