Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

मिस तामाङ–२०२२’ ट्यालेन्ट शोको १४औं संस्करण सम्पन्न फागुन २१ मा ग्य्राण्ड फिनाले

Sunday, February 20, 2022 Devil Singh Rajput

काठमाडौं / मोम्स इन्टरनेशनल नेपालले आयोजना गरेको ‘मिस तामाङ–२०२२’ ट्यालेन्ट शोको १४औं संस्करण सम्पन्न भएको छ ।
तामाङ भाषा, धर्म, कला सँस्कृति, भेषभुषाको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम शनिबार काठमाडौंको क्लक टावरको हलमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा १७ जना प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए भने प्रतियोगीहरुले स्वतःस्फूर्तमा आफ्ना प्रतिभा प्रदर्शन गरे ।
कार्यक्रमको निर्णायकहरुमा तामाङ चलचित्र निर्देशक तथा फ्याफुल्जी डिजिटल मिडियाका अध्यक्ष विनय दोङ तामाङ, मिस तामाङ २०२२ का विजेता सफलता थिङ, मिस तामाङ २०१७ का फष्ट रनर अप नवाङ मोक्तान र निर्देशक राज किङ वाइबा रहेका थिए ।
‘मिस तामाङ–२०२२’ को ग्य्राण्ड फिनाले आगामी फागुन २१ गते राष्ट्रिय सभा गृह भृकुटी मण्डपमा हुने अध्यक्ष रन्जिता ब्लोन लामाले जानकारी दिइन् ।