Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

कांग्रेस प्युठानका ६५ पुर्व गाविस सभापतिहरु सम्मानित

Saturday, February 19, 2022 National Power

नेपाली काग्रेस प्यूठानले प्रजातन्त्र दिवसको अवसरमा २०४८ र २०५३ सालका पार्टीको गाविसतहका ६५ जना सभापती तथा उनका परिवारलाईहरुलाइ सम्मान गरेको छ ।
बहुदल आगमनपछि देशमा काग्रेसको सगंठन बिस्तारमा सहज भएपनि प्यूठानका तत्कालिन समयमा नेकपा मसालको गतल प्रवृति र गलत प्रचारका कारण सगंठन बिस्तारमा समस्या भएको समयमा पनि पार्टिको निती र सिद्धान्तमा अडिग रहेर काम गरेको भन्दै तत्कालिन ४९ वटै वडाका सभापतीहरुलाइ सम्मान गरिएको नेपाली कांग्रेस प्युठानले जनाएको छ ।
कांग्रेस प्युठानका उपसभापति देवेन्द्र बर्माले बहुदल आगमन पश्चात् नेकपा (मसाल) र राष्ट्रिय जनमाेर्चा ले २०६८ सम्म र २०५२ सालमा माओवादीले जनयूद्ध घाेषणा पश्चात् काग्रेसलाइ जिल्लामा सगंठन बिस्तारमा नेकपा बारम्वार असर गर्ने र हिंसात्मक गतिबिधि गर्दै धम्काएको समयमा पनि अडिग भएर काम गरेको भन्दै सम्मान गरिएको बर्माले बताए । बिसम परिस्थितीमा पनी काग्रेसको निती र सिद्धान्तलाइ समाएर बस्ने सबै काग्रेसका सच्चा कार्यक्रता भएको उनको भनाइ छ ।
काग्रेस प्यूठानलाइ अहिलेको अवस्थासम्म ल्याउन सबै पुर्व इकाइ सभापती र कार्यक्रताको महत्वपुर्ण भुमिका रहेको भन्दै नेपालि काग्रेस प्यूठानका नेता तथा केन्द्रिय सदस्य डा गोबिन्दराज पोख्रेलले सम्मान गर्न पाउदा खुसि लागेको प्रतिकृया दिएका थिए ।
तत्कालिन समयमा पार्टीका लागि दु:ख गरेकाआधाबढि इकाइ सभापतीहरु वर्तमानमा जीवीत नभएपनि उनका परिवारलाइ समेत काग्रेस प्यूठानले सम्मान गरेको पार्टी सभापति विष्णु कुमार गिरीले वताए । तत्कालिन माओबादीद्धारा हत्या गरिएका तिरामका सभापती कृष्ण बहादुरकी श्रीमती, नेकपा (मसाल) बाट हत्या गरिएका पुँजाका सम्सेर केसीकी श्रीमती लछिमा केसी, मसाल निकट किसान संघबाट हत्या गरेि फ्याँकेता पनि जिवित रहन सफल बादीकोट गाबिसका सभापती नोच बहादुर केसीलाइ पनि काग्रेस प्यूठानका जिउदा सहिदको रुपमा सम्मान गरिएको छ ।
बहत्तराैं प्रजातन्त्र दिबसको अवसरमा शनिवार प्युठानकाे पुण्यखोला स्थित क्षेत्रविकास सभाहलमामा भएको कार्यक्रममा बहुदल स्थापना तथा द्वन्दकालिन समयमा समेत संगठन बिस्तार अभियानमा उल्लेख्य भुमिका खेलका ६५ जना पुर्व सभापतीहरुलाइ सम्मान गरिएको हो ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य डा गोबिन्दराज पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लुम्बीनी प्रदेशका उपसभापती राजु खनाल, लुम्वीनी प्रदेश सदश्य लगाएतले काग्रेसलाइ अहिलेको अवस्थासम्म ल्याउन भुमिका निर्वाह गर्ने सबैलाइ धन्यबाद दिनुभयो । काग्रेस प्यूठानका सभापती बिष्णु कुमार गिरिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।