Sunday 1st March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

सुनापति गाउँपालिकाले एकल पुरुषलाई मासिक १ हजार रुपैयाँ भत्ता वितरण

Friday, February 18, 2022 National Power

रामेछाप – सुनापति गाउँपालिकाले पालिकाभित्रका ६२ जना एकल पुरुषलाई मासिक १ हजार रुपैयाँ भत्ता वितरण गरेको छ । सुनापति गाउँपालिकाले यसअघि एकल महिलालाई मासिक रुपमा भत्ता वितरण गर्दै आएकोमा यस चालु आर्थिक वर्ष २०७८र७९ बाट पालिका भित्रका एकल पुरुषलाई पनि मासिक रुपमा भत्ता वितरण गर्ने गरी नीति तथा कार्यक्रम बनाएको हो ।

‘पालिकाको चालु आर्थिक वर्षमा एकल पुरुषलाई दिने भत्ताको विषयमा दुई छुट्टाछुट्टै कार्यविधि बनाएका छौं, जसमा विवाहित र अविवाहित भनेर छुट्टाइएको छ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले भन्नुभयो, ‘पालिकाले भत्ता वितरण गर्दा विवाहपछि एकल भएका पुरुषको हकमा उमेर हद ५० वर्ष र अविवाहित पुरुषको हकमा उमेर ६० वर्ष पुगेको हुनुपर्ने प्रावधान राखेका छौँ ।’

यसअघि पालिकामा एकल महिलाले मात्रै मासिक रुपमा भत्ता बुझ्दै आएकोमा एकल पुरुषलाई पनि केही राहत मिलोस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको सुनापति गाउँपालिकाका प्रमुख धावा लामाको भनाइ छ । अहिलेसम्म राज्यबाट कुनै पनि सुविधा पाउन नसकेका एकल पुरुषहरुले पालिकाले मासिक रुपमा १ हजार रुपैयाँ भत्ता दिन थालेपछि निकै खुशी भएका छन् ।