Saturday 15th November 2025

    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता    दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो

फेवातालमा तैरीरहेको अबस्थामा भेटीए विदेशी नागरीक

Friday, January 21, 2022 National Power

पोखरा- फेवातालमा आज विदेशी नागरिक मृत अवस्थामा भेटिएका छन् । ती पुरूष बेलायतको नागरिक रहेको साथमा भेटिएको झोलामा रहेको पासपोर्टबाट थाहा भएको कास्की प्रहरीले जनाएको छ ।

डिएसपी सुन्दर तिवारीका अनुसार पासपोर्टमा नाम मार्क सुट र उमेर ४६ वर्ष उल्लेख छ । उनी २०१९ मै नेपाल आएको थाहा भएपनि अन्य जानकारी नखुलेको तिवारीले जनाए । पोखरा २२ अँधेरीखोला नजिकै पूर्वी फेवातालमा तैरिरहेको अवस्थामा मार्क भेटिएका थिए । दिउँसो साढे १२ बजेतिर डुंगा चालक रामचन्द्र परियारले शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । शव सड्न लागेको अवस्थामा थियो ।

प्रहरी प्रवक्ता तिवारीका अनुसार शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । शरीरमा बाहिरी चोटपटक नरहेको र पोष्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने डिएसपी तिवारीले जनाए ।