Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

गायक रेवती घिमिरेको जाला जोबन सार्बजनिक हेर्नुहोस

Wednesday, January 19, 2022 National Power

काठमाण्डौ – गायक रेवती घिमिरेको जाला जोबन सार्बजनिक भएको छ । संगीता घिमिरेको शब्द रहेको उक्त गीतमा  गायक रेवती घिमिरे र समिक्ष्या अधिकारीले आवाज दिएका छन् । उक्त गीतको भिडियोमा चर्चित कलाकार कुन्जना घिमिरे (सुन्तली) र सागर लम्साल (बले) ले अभिनय गरेका छन् भने गीतलाई संगीत तथा एरेन्ज राजेन्द्र बजगाइले  गरेका हुन् । कमल थापा र गोबिन्द बिकले उक्त गीतको रेकर्डिङ्ग गरेका हुन् भने श्यामश्वेत रसार्इलीले र किरण सुनारले गीतलाई मिक्सिंग गरेका हुन् ।

गीतमा रिदम गितार सन्जिब बराइली, बासुरी रत्न बिक , रिदम भुवन गन्धर्व , कोरस राजेन्द्र बजगाई र सबिन सुबेदी, मुवामा बिमला तामाङ्ग ले साथ दिएका छन् । उक्त गीतको सिनेमेटोग्राफर नवराज उप्रेती रहेका छन् ।  गम्भीर विष्टको डाइरेक्सन तथा कोरियोग्राफ रहेको उक्त गीतमा शुभम भुजेलले सहायक कोरियोग्राफरको भुमिका निर्वाह गरेका छन् । उक्त गीतलाई नबिन निरौलाले कलारिंग र सम्पादन गरेका हुन् भने गीतका फोटोग्राफर मनिष पौडेल रहेका छन् । प्रोडक्शन म्यानेजरका रुपमा शम्भु श्रेष्ठ रहेका छन् । प्रिज्मा रेकर्डिङ्ग स्टुडियोमा गीतको रेकर्डिङ्ग गरिएको हो ।