Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

सर्वोच्चमा सेवा कटौतीको गृहकार्य, पूर्ण बैठक बोलाइयो

Tuesday, January 18, 2022 National Power

काठमाडौं – कोरोना संक्रमणको तेस्रो लहर फैलिएपछि सर्वोच्च अदालतले सेवा कटौतीको गृहकार्य थालेको छ । त्यसका लागि आज दिउँसो सर्वोच्च अदालतको पूर्ण बैठक बोलाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा बैठकमा सहभागी नहुने भएका छन् । अरु न्यायाधीशहरुले सेवा कटौतीको निर्णय गर्ने र त्यसमा पछि प्रधानन्यायाधीश जबराले समेत हस्ताक्षर गर्ने तयारी गरिएको स्रोतले बतायो ।

यसअघि दुई पटकको लहरमा पनि सर्वोच्च अदालतले सेवा कटौती गरेर सीमित मुद्दामा मात्रै सुनुवाइ गरेको थियो । संक्रमण फैलिएपछि नेपाल बार एसोसिएसनले पनि २५ जना कानून व्यवसायीहरुलाई सीमित गरेर प्रधानन्यायधीश विरुद्धको आन्दोलनलाई निरन्तरता दिएको छ ।