Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

शेयर बजारमा ५४ अंकको सुधार

Thursday, January 13, 2022 National Power

काठमाडौं – साताको अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंकको सुधार भएको छ । बुधबार ३० अंकले घटेको शेयर बजार बिहीबार ५४ अंक भन्दा बढीले बढेको छ । नेप्से परिसूचक ५४ दशमलव १२ अंकले बढेर २ हजार ८ सय ५७ दशमलव ७५ अंकले बढेको छ ।

शेयर कारोबार रकम भने घटेको छ । बुधबार ८ अर्ब माथिको शेयर कारोबार भएकोमा बिहीबार ७ अर्ब पनि पुग्न सकेन । दिनभर भएका करिब ६६ हजार कारोबारबाट २२४ कम्पनीका १ करोड १६ लाख कित्ता हाराहारीमा शेयर किनबेच भएको छ । जसअनुसार कारोबार रक ६ अर्ब ६६ लाख ९७ हजार रुपैयाँ माथिको शेयर कारोबार भएको छ ।