Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

चलचित्र आकाशे खेतीको पहिलो गीत सार्वजनिक

Sunday, January 9, 2022 National Power

चलचित्र आकाशे खेतीको पहिलो गीत सार्वजनिक भएको छ । चिटिक्कै परेर आइछेउ बोलको गीत ओएसआर डिजिटल बाट सार्वजनीक भएको हो । लोक फ्लेवरको यस गीतलाइ हरि उप्रेतीले लेखेका छन् भने संगीत बिकाश चौधरीको रहेको छ । सार्वजनिक यस गीतमा राजेश पायल राइ , अन्जु पन्त , लोक पौडेल र सुम्निमा इङनाम को आवाज रहेको छ । गीतमा राजिवको कोरियोग्राफि रहेको छ ।
उदय सुव्वाको लेखन निर्देशन रहेको चलचित्र आकाशे खेतीमा गौरव पहारी ,निता ढुंगाना, विल्सन बिक्रम राइ , बुद्धि तामाङ , रमा लिम्बु , शिशिर वाङदेल , रबिन्द्र झा, जयनन्द लामा, लक्षु शर्मा , प्रकाश शर्मा , कृषा गुरुङ , अनुप याक्सो, रजनि गुरुङ  लगायतका कलाकारको अभिनय रहेको छ ।
एस एस इन्टनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको व्यानरमा निर्माण  भएको यस चलचित्रलाई केदार उप्रेती , जिवन सुव्वा , राजेन्द्र चोङवाङ र दिल प्रकाश याक्सोले निर्माण गरेका हुन् । चलचित्रकाे छायांकन बिक्रम डिसि , द्वन्द राजु किराती , नृत्य रामजी लामिछाने र राजिवको र सम्पादन सुजन बडालको रहेको छ । चलचित्र यहि फागुन २७ बाट प्रर्दशनमा आउदैछ ।