Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

तराईमा चिसो बढेपछि अस्पतालमा बिरामी पनि बढे

Thursday, January 6, 2022 National Power

रुपन्देही – तराईका जिल्लामा शितलहरसँगै चिसो बढेपछि अस्पतालमा बिरामीको संख्या पनि बढ्न थालेको छ । भैरहवा, बुटवलमा रहेका मुख्य अस्पतालमा रुघाखोकी, निमोनिया, ज्वरो र टाइफाइटका बिरामी बढेका हुन् ।चिसोका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको वरिष्ठ फिजिसियन डा। मनोहर जोशीले बताए । चिसो समयमा बालबालिकामा निमोनियाको समस्या र अन्य व्यक्तिमा रूघाखोकीलगायतको समस्या हुने भएकाले घरपरिवारका सदस्यले हेरचाहमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

रुपन्देहीका विभिन्न स्थानीय तहमा रहेका सरकारी अस्पतालमा समेत चिसोका कारण बिरामीको चाप बढ्न थालेको छ । चिसोका कारण सबैभन्दा बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित बनेका छन् । स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामी चिसोका कारण बढेको लुम्बिनी सांस्कृतिक नगरपालिका स्वास्थ्य शाखाका अहेव भोजराज पोखरेलले बताए ।

गौतमबुद्ध मुटु अस्पतालमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा। समिर गौतमले जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप बढ्ने र प्रायः सबै दीर्घकालीन रोग बढी गम्भीर बन्ने भन्दै सतर्कता अपनाउन आग्रह गरे । लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भीम अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवा लगायतका अस्पतालमा पुस लागेसँगै रुघाखोकी, निमोनिया र टाईफाईडका बिरामी बढेका हुन् ।

चिसोबाट जोगिन हिटर अथवा आगो बालेर झ्यालढोका हावा नछिर्ने गरेर बन्द गर्छन् । यस्तो अवस्थामा निस्सासिएर ज्यान जाने सम्भावना हुन्छ, जोशीले भने, हिटर बाल्दा झ्याल खुला राख्नुपर्छ ।