Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

विष्णु रिजालको नजरमा एमाले बाघ र गठबन्धन स्याल, भन्छन्- ‘स्यालको रजाइँ धेरै टिक्दैन’

Wednesday, January 5, 2022 National Power

काठमाडौं –  नेकपा (एमाले)का नेता विष्णु रिजालले एमालेमाथि घेराबन्दी गर्ने पाँच दलिय गठबन्धनको राष्ट्रियसभा निर्वाचन नै अन्तिम किस्सा भएको दावी गरेका छन् ।  उनले मंगलबार सामाजिक संजाल फेशवुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘एमालेलाई घेराबन्दी गर्ने अन्तिम किस्ता हो । अदालत, सभामुख, संवैधानिक आयोग, सरकारलगायतको मिलेमतोमा नेकपा ९एमाले०लाई घेराबन्दी गर्नेदेखि विभाजित गर्नेसम्मका सम्पूर्ण अस्त्रहरु अब सकिएका छन्।’ नेता रिजालले अध्यादेशका भरमा एमाले विभाजन गरेर अनेक गठजोडका साथ ०७४ को जनादेशका भरमा ०७८ मा परिणाम निकाल्न खोजिएको आरोप लगाएका छन् ।

अहिलेको राष्ट्रियसभा निर्वाचनले जनता र जनमत दुवैको प्रतिनिधित्व नगर्ने पनि उनको ठहर छ । उनले भनेका छन्, ‘राष्ट्रियसभाको निर्वाचनले न जनमतको प्रतिनिधित्व गर्दछ न त अहिलेको शक्ति सन्तुलन नै बोक्दछ । दलको परीक्षण जनमतमा हुन्छ र त्यसको निर्धारण प्रत्यक्ष निर्वाचनले मात्रै गर्दछ।’ उनले पाँचदलिय गठबन्धनलाई स्यल र एमालेलाई बाघको छालाका रुपमासमेत तुलना गरेका छन् । पाँचदलिय गठबन्धनको वर्तमन सरकारलाई स्यालको रजाइँसम्म भनेका छन् ।

‘बाघको छालामा स्यालको रजाइँ धेरै दिन टिक्दैन र अब हुने निर्वाचनमा पाँचै दल एक ठाउँमा भएर चुनाव लडे पनि नेकपा ९एमाले० लाई फरक पर्दैन । किनभने, सय स्याल मिले पनि एक बाघको शिकार गर्न सक्दैनन् भन्ने तथ्य घाम जत्तिकै छर्लङ्ग छ,’ उनले भनेका छन् ।