Thursday 17th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

मङ्सिरमै फुल्यो आँप

Monday, January 3, 2022 National Power

इनरुवा- सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–९, बबियाका किसान सियाराम यादव र सत्यनारायण यादवको बगैँचाको आँपमा यस वर्ष मङ्सिरको अन्तिम सातामा नै फूल लाग्यो । सधैँ माघमा फुल्ने आँपमा यस वर्ष पहिलो पटक मङ्सिरमै फूल देखिएपछि सबै अचम्ममा परेका छन् ।

सियाराम यादवकी ८३ वर्षीया आमा कुश्मी यादवले आफूले पहिलोपटक यस्तो घटना देखेको बताउनुभयो । उहाँले मैथली भाषामा भन्नुभयो, “माघमे मजरे, फागुनमे गुजरे आ चैतमे टिकला वैशाखमे विवाह । ” उहाँको भनाइको अर्थ हुन्छ, आँपले माघमा फूल दिन्छ, फागुनमा चिचिलो लाग्छ र चैत फल लाग्छ, वैशाखमा बिहे हुन्छ । तराई मधेसमा आँपलाई नयाँ वर्षसँग जोडिन्छ, नयाँ वर्ष बैशाख १ गते टिकला ९आँप० चढाउने प्रचलन छ । ६० वर्षका सियाराम पनि आफूले मङ्सिरमै आँप फुलेको कहिल्यै नसुनेको, नदेखेको बताउनुहुन्छ ।

गत वर्ष वर्षा र हावाहुरीका कारण आँप उत्पादनमा कमी आएको र यसपालि बेला नहुँदै फुलेको चर्चा गर्दै कृषि ज्ञान केन्द्र सुनसरी मोरङ कार्यालयका पूर्वप्रमुख नुनुलाल उराँवले जलवायु परिवर्तनको असरले यस्तो भएको बताउनुभयो ।
समयमा वर्षा नहुने, बेमौसमी वर्षा हुने, तापक्रमको घटबढ आदि कारणले मङ्सिरमा नै फूल लागेको हुन सक्ने उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्र सुनसरीका बागवानी अधिकृत योगेन्द्रप्रसाद यादव पनि जलवायु परिवर्तनकै कारण आँपमा छिटो फूल लागेको बताउनुभयो । छिटो आँपको बोटमा फूल लागेकाले मधुवा कीरा लाग्न नदिन विषादी छर्ने कार्य गर्न कृषकलाई सचेत गराउने र प्राविधिकसँग सल्लाह लिन पनि आग्रह गर्नुभएको छ । मौसमी र बेमौसमी हुनुमा जलवायु परिवर्तन प्रमुख कारक रहेकाले आँपमा सिजन अघि नै प्रशस्त फूल फूलेपछि किसान अचम्मित भएको बताउनुभयो । आँपको बोटमा अत्यधिक फूल फूलेदेखि नै समयसमयमा औषधि छर्कने काम गर्दा फलाउन सक्नेसमेत यादवको तर्क छ ।