Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

मनास्लु वर्ल्ड कलेजको कार्यक्रममा हास्य कलाकारहरुले विशेष प्रस्तुति दिने

Wednesday, December 15, 2021 Devil Singh Rajput

काठमाडौं । मनास्लु वर्ल्ड कलेजले नव आगन्तुक विद्यार्थीको स्वागत तथा पुर्व विद्यार्थीको बिदाई कार्यक्रममा हाँस्य कलाकारहरु केदार घिमिरे ‘माग्नेबुढा’, सितादेवी तिमल्सिना, गायक धिरज राई, कलाकार सुजन मार्फालगायतका कलाकारहरुले विशेष प्रस्तुति दिने भएका छन् । काठमाडौंको चावहिल चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेजले पौष १ गते बिहीबार नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा १२ कक्षा सकेका विद्यार्थीलाई विदाई गर्ने भएको छ ।

मनास्लु कलेजका अध्यक्ष गेन्द्र लामाका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ९ बजेबाट सुरु हुने कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको विशेष प्रस्तुति रहने छ । ‘अ होम फर फ्युचर्स लिडर’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको क्याम्पसले सस्तो र सुलभ दरमा विद्यार्थीलाई गुणस्तरीय सेवा दिँदै आएको छ । कलेजका प्रिन्सिपल राजन श्रेष्ठले आफ्नो क्याम्पस अरु क्याम्पसको तुलनामा हरेक ढंगले उत्कृष्ट रहेको जनाए ।

‘विद्यार्थीलाई चाहिने उपयुक्त शैक्षिक वातावरणका साथै भौतिक पूर्वाधार निर्माणमा पनि विशेष चासो देखाएका छौं’ प्रिन्सिपल श्रेष्ठले भने ‘ दक्ष र प्राज्ञिक व्यक्तिको सहभागितामा क्याम्पस सञ्चालन गरिएकाले पनि हामी बेग्लै पहिचान बनाउन सफल भएका छौं ।’ क्याम्पसले समयसापेक्ष आफूलाई परिवर्तन गर्दै आएको जनाएको छ । ‘अन्तर्राष्ट्रिय जगतमा पनि प्रतिष्पर्धा गर्न सक्ने गरी विद्यार्थी उत्पादन गर्ने हाम्रो लक्ष्य हो’ क्याम्पस अध्यक्ष लामाले भने ‘ विद्यार्थीलाई पढाइका अतिरिक्त विभिन्न प्रकारका अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराएका छौं, यो पनि सकारात्मक पक्ष हो ।’ पछिल्लो समयमा क्याम्पसमा विद्यार्थीको आकर्षण बढ्दै गरेको प्रिन्सिपल श्रेष्ठले जनाएका छन् ।