Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

देउवा र शशांकबीच बालुवाटारमा वार्ता, देउवाले सहयोग मागेपछि यस्तो जवाफ फर्काए

Tuesday, December 14, 2021 National Power

नेपाली काँग्रेसको सभापतिका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच मंगलबार भेटवार्ता भएको छ । देउवाको आग्रहमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा देउवाले सभापतिमा आफूलाई सघाउन आग्रह गरेका थिए । तर, शशांकले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टीलाई मिलाएर लैजान देउवाले आग्रह गरेका थिए । आफू एकताको पक्षमा रहेकाले कसैको पक्षमा खुल्न नसक्ने पनि उनको भनाइ थियो ।

शशांकका स्वकीय सचिव भरत तिवारीले देउवाले सहयोगका लागि आग्रह गरेपनि महामन्त्रीले आफू एकताको पक्षमा रहेकाले कसैको पक्षमा खुल्न नसक्ने धारणा राखेर बालुवाटारबाट फर्किएको बताए । आजै देउवा र शेखर कोइरालाबीच सभापतिमा स्रो चरणको प्रतिस्पर्धा हुँदैछ भने त्यसका लागि साढे ३ बजेदेखि मतदान सुरु हुनेछ ।