Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

नेपाली संस्कृति बचाऔं महाअभियानमा परिवर्तन नेपालको सुभारम्भ

Monday, December 13, 2021 National Power

काठमाण्डौ- नेपालले ‘नेपाली संस्कृती बचाऔं राष्ट्रिय महाअभियान २०७८’ घोषणा गरेको छ । साहित्यकार तथा चलचित्रकर्मी यादब खरेल र हास्य अभिनेत्री बसुन्धरा भुसालद्वारा अभियानको चित्र अंकित फोटो फ्रेम अनाबरण र दीप प्रज्वलन गरेपछि महाअभियानको शुभारम्भ भएको घोषणा गरिएको हो । परिवर्तनले आफ्नो स्थापना काल९वि सं २०५३ साल० देखि नै सामाजिक, सांस्कृतीक र भष्ट्राचारबिरूद्ध लगायत बिभिन्न चेतनामुलक अभियान संचालन गर्दै आएको छ । पछिल्लो समय समग्र नेपालीको संस्कृति, सम्पदा र लोक परम्परामाथि नै हस्तक्षेप र अतिक्रमण तिव्र रुपमा बढ्दै गएका कारण परिवर्तन नेपालले नेपाली संस्कृति बचाऔं महाअभियान घोषणा गरेको बरिष्ठ कलाकाररनिर्देशकरलेखक तथा कार्यक्रमका संयोजक मोहन निरौलाले जानकारी दिए ।
उनले राजनीनिक दल, सांस्कृतिक सम्पदा, पुरातात्विक सम्पदा, मठ मन्दिरका प्रमुख र विज्ञहरुलाई भेटेर अभियानबारे जानकारी गराउने, उपत्यकाका विभिन्न स्थानहरुमा अभियानका अभियान्ताहरुले मौन प्रदर्शन र अपिल गर्ने, समाजका रहेका विभिन्न व्यक्तिहरुसँग अन्तरक्रिया गर्ने लगायत महाअभियानका कार्यक्रमहरु रहेको बताए । निरौलाले यो महाअभियानको कार्यक्रम गैह्र मुनाफा र गैह्र व्यवसायिक रहने जानकारी दिए । उनका अनुसार महाअभियान प्रारम्भ भएको ३ महिनामा वक्तव्यमार्फत् कार्य प्रगति पनि सार्वजनिक गरिनेछ । नेपालको कला, साहित्य, संस्कृति मासिएको खण्डमा देशको पहिचान पनि मासिने भएकाले नेपाली संस्कृतिमाथिको अतिक्रमण अन्त्य गर्न यो अभियान थालिएको उनको भनाई छ ।

उनले भने, ‘देश समाप्त पार्न युद्ध लड्नै पर्दैन, संस्कृति सकिएपछि देश नै सकिन्छ । अहिले हामी संस्कृति सकिने कठघरामा छौं । त्यसकारण संस्कृति बचाउनु पर्छ भन्दै हामीले यो महाअभियानको शुभारम्भ गरेका हौं ।’ निरौलाले आमरुपमा नेपाली कला, साहित्य, चलचित्रहरु आफ्नै पहिचान र मौलिकतामा रहेर प्रस्तुत गर्न पनि आग्रह गरे । ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान’ को शुभारम्भ समारोहका प्रमुख अतिथी तथा फिल्म निर्देशक यादव खरेलले पछिल्लो समय नेपाली संस्कृतिमाथि अतिक्रमण बढेको भन्दै यो अभियानले संस्कृतिलाई जोगाउन भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । अभिनेत्री बसन्धुरा भुषालले पनि नेपाली संस्कृति बचाउने अभियानमा सबै क्षेत्र र व्यक्तिले साथ सहयोग गर्नुपर्ने बताएकी छन् ।

त्यस्तै, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले देशको भाषा र संस्कृति मिचिँदा नेपालीको पहिचान र अस्तित्व नै नरहने भन्दै नेपाली संस्कृतिमाथि भइरहेको अतिक्रमणको विरुद्धमा सबै एकजुट हुन आग्रह गरेकी छन् । उनले अबदेखि आफूले नेपाली गीतबाहेक विदेशी भाषाका गीतमा टिकटक नबनाउने समेत वाचा गरेकी छन् । ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान’ मा सुन्दर श्रेष्ठ, मुकुन्द मैनाली, ठण्डबहादुर अधिकारी, मनोज कुमार भेटवाल र विश्वमणी घिमिरे सदस्य छन् । संयोजक निरौलाले आवश्यकता अनुसार थप सदस्यहरु मनोनयन गरिने र महाअभियानसँग संस्थाबाहेक अन्य तह र तप्काका व्यक्तिहरु पनि क्रमशः जोडिन सक्ने जानकारी दिएका छन् ।

यो महाअभियानलाई शुभकामना दिन कार्यक्रममा सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, नेशनल डेल्फिक काउन्सिल नेपालका अध्यक्ष श्रीदेव विएल लगायतको उल्लेख उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाको अपिल महाअभियानका सदस्य ठण्डबहादुर अधिकारीले प्रस्तुत गरेका थिए भने महाअभियान अन्तर्गतका कार्यक्रमको जानकारी मनोज भेटवालले दिएका छन् ।