Thursday 17th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

बन्यजन्तु संरक्षणमा ‘द फेस’ मोडलहरु

Tuesday, December 7, 2021 Devil Singh Rajput

काठमाडौं । ‘यु क्यान फ्लाई’ को आयोजनामा राजधानीमा संचालित ‘द फेस’का प्रतिस्पर्धी मोडलहरु चितवनमा बन्यजन्तु संरक्षणको निम्ति एक र्‍यालीमा सहभागी भएका छन । ‘द फेस’ मोडलहरू आ-आफ्नै रचनात्मक नारासहित प्लेकार्ड बोकेर वन्यजन्तु संरक्षण र्‍यालीमा सहभागी भएका थिए । नेपाली युवाहरूमाझ वन्यजन्तु संरक्षणको आवश्यकता र त्यसतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराउने उद्देश्यसहित नयाँ दृष्टिकोण सहित फेसनलाई सामाजिक अभियानमा जोड्दै प्रदर्शन गरेको ‘द फेस’ का आयोजक संशद शाहले जनाए । ‘लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिटबाट र्‍यालीलाई कार्यक्रम संयोजक सुप्रिया थापाले झण्डा देखाएर शुभारम्भ गरेकी थिईन । नारायणी नदीमा पुगेर समापन भएको उक्त र्‍यालीको मुख्य उद्देश्य वन्यजन्तु संरक्षण र वन क्षेत्र बढाउन चेतना जगाउनु रहेको थियो । लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट’का संचालक देवेन्द्र लोहनीसंगको सहकार्यमा र्‍याली संगै ‘द फेस’ का प्रतियोगी मोडलहरु बीच लघु चलचित्र प्रतियोगिता समेत सम्पन्न भएको थियो । उक्त कार्यलाई प्रोत्साहित गर्दै ‘म्यान विथ भिजन’ र ‘व्युटी विथ पर्पस’ को अवार्डले सर्वोत्कृष्ट भिडियो छनौट गरि सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।