Friday 21st January 2022

    फेवातालमा तैरीरहेको अबस्थामा भेटीए विदेशी नागरीक    दलका धेरै नेतामा कोरोना संक्रमण    सुनको मूल्य तोलामा ९३ हजार ८०० रुपैयाँ पुग्यो    राष्ट्रियसभा निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य    राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाको गठबन्धन

गायक मोहन राई सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित

Friday, December 3, 2021 National Power

काठमाडौं – गायक मोहन राई ‘दुखुन’नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ । कलाकारिता क्षेत्रमार्फत लोकतन्त्रको प्रवद्र्धन र सम्बद्र्धन साथै नेपाली सांस्कृतिक क्षेत्रको उत्थानमा क्रियाशील रहेको जनाउँदै संघका अध्यक्ष तीर्थ थापाले राईलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको विधानको परिच्छेद ७ दफा २ (च)बमोजिम केन्द्रीय सदस्यमा मनोनित गरिएको अध्यक्ष थापाले जनाउनुभयो । राईलाई अध्यक्ष थापा र कार्यबाहक सभापति जनार्दन आचार्यले मनोनयन पत्र हस्तान्तरण गर्नुभएको थियो ।

संघको पत्र बुझ्दै राईले सांस्कृतिक क्षेत्रको उत्थान साथै कांग्रेसको गरिमालाई जोगाउन संघमार्फत सक्दो भूमिका निर्वाह गर्ने र भविष्यमा थप जिम्मेवारी थपिए इमान्दारिताका साथ पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपालका ‘हेभिवेट’ नेता तथा उच्च ओहोदाका सरकारी कर्मचारीहरूले रचना गरेका गीतहरू गाएर चर्चा कमाउनु भएका गायक राई राष्ट्रिय भाव र मायाप्रेमका गीतहरू गाउँदै आउनुभएको छ ।
इलामको रोङ गाउँपालिका निवासी राईका ‘कस्तो सपना’ र ‘मायाको खेल’ गीति एल्बम बजारमा ल्याइसक्नु भएको छ । उहाँले आफ्नो एल्बम ‘कस्तो सपना’को शीतल निवासमै एक भब्य समारोहबीच नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवबाट २०७१ सालमा विमोचनसमेत गराउनुभएको थियो । उहाँ राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवाश्री राष्ट्रिय पदकबाट पनि विभूषित हुनुभएको छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ, व्याकुल माइला, प्रदीप ज्ञवाली, नवराज सिलवाल, दिनेश थपलिया, मुकेश राई, मनु लोहारुङ राई, राजा घले, दिपेन्द्र शर्मालगायतले रचना गरेका गीतहरूमा मोहनले स्वर भर्नुभएको छ ।