Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

ब्लड डोनेसन अभियानमा स्वेताको सक्रियता

Sunday, November 28, 2021 National Power

काठमाण्डौ– समाजसेवी स्वेता श्रेष्ठले लामो समय देखी स्वेता ब्लड डोनेसन अभियान सञ्चालन गरिरहेकी छिन् । विश्व भरि कोरोनाको माहामारीका वेला कोही पनि ब्लडको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्य लिएर सञ्चालन गरेको ब्लड अभियानले हाल सम्म झण्डै १५ सय भन्दा बढी युनिट संकलन गरिसकेको छ । पछिल्लो पटक महिला हिसां अत्यको १६ दिने अभियान देशभर सञचालन भईरहेका वेला हरेक दिन स्वेता ब्लड क्याम्पेनिङको आयोजना हुदै आएको छ ।
अभियानले बसन्तपुर डबली, चावहिल, बौद्ध स्तुप परिषर, हनुमानढोका दरवार क्षेत्र लगायत विभिन्न स्थानहरुमा स्वेताले ब्लड डोनेट अभियान कार्यक्रमहरु संचालन गरिरहेकी छिन् । रक्तदान जिवनदान भन्ने मुलनारा लिएर स्वस्फुर्त रुपमा संचालन गरिएको अभियानलाई सबैले सक्दो सहयोग गरिदिन हुन समेत अनुरोध गरेकी छिन् ।