Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

जनकपुरमा सम्पन्न भयो विन्टर फेशन शो सिजन-२ को पहिलो भाग

Sunday, November 28, 2021 National Power

जनकपुर- विन्टर फेशन शो सिसन-२ को पहिलो भाग भव्यका साथ मंसिर १० शुक्रबारको दिन जनकपुरमा सप्पन्न भएको छ ,उक्त शो को ग्रान्ड फिनाले जनकपुर उधोग बाणिज्य संघमा भएको हो ।

प्रदेश नम्बर २ का कानुन मन्त्री भरत साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा ख्याति प्राप्त कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाइ इभेन्ट कम्पनी प्रबन्ध सि इ ओ बिपिन कर्ण, इभेन्ट डाईरेक्टर मोनु साह , फेसन कोरियोग्रापर शिशिर सिंह र  इभेन्ट कोर्डिनेटर बजरङ्गी साहले आयोजना गरेका थिए ।

कार्यक्रममा बिभिन कम्पनीहरु,स्टोरहरु,अनि मिडियाहरुको सहभागीता रहेको थियो । कार्यक्रम अप्पन टेलिभिजन र म स्टार टेलिभिजन बाट लाईभ प्रशार पनि भएको थियो। उक्त शो को आगामी श्रृखला काठमाडौ हुने आयोजकले बताएको छ। काठमाडौमा आयोजनाहुने कार्यक्रममा भागलिन इच्छुक व्यक्तिहरुका लागि आवेदन समेत खुलेको जानकारी आयोजकले गराएका छन् ।