Wednesday 1st December 2021

    तेस्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन डिसेम्बर ११ मा    गोवामा आँधीतुफान -२ का टाइटल गीतहरुको छायाँकन सकेर फर्किए नायक संजित भण्डारी    तेश्रो एपिक नेपाल म्युजिक अवार्डको भव्य रुपमा सम्पन्न    ब्लड डोनेसन अभियानमा स्वेताको सक्रियता    आयो ‘चुरीफुरी’ को ट्रेलर

गीतकार खनालको गीत लेखन चलचित्र तिर पनि

Sunday, November 21, 2021 National Power

काठमाण्डौ – विभिन्न गीत लेखनबाट ख्याती कमाएका गीतकार अनिल खनाल पछिल्लो समय निकै ब्यस्त रहेका छन् । उनले अहिले सम्म दर्जनौ गीत लेखिसकेका छन् । अनिलले लोक दोहोरी, आधुनिक लगाएतका गीतहरु लेखिसकेका छन् भने उनलाई पछिल्लो समय फिल्मी गीत लेखनमा पनि माग बढ्न थालेको छ ।

फलस्वरूप अनिलले नेपाली कथानक चलचित्र “तिम्रो हुने कहिले” मा आफ्नो शब्द भरेका छन् । उक्त चलचित्रको गीत “दैब लाग्यो मायामा” बोलको रहेको छ । प्रस्तुत गीतमा रामभक्त जोजिजुको स्वर सुन्न सकिन्छ भने संगीत बाबुल गिरीले भरेका छन् । क्लासिक फ्रेम मुभिजले निर्माण गरेको चलचित्र अब छिट्टै पर्दशनमा आउने निर्माण पक्षले जनाकारी दिएको छ ।