Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

नेपाल हिन्दू राष्ट्र हो रहिरहनेछ : भाजपा प्रवक्ता

Saturday, November 20, 2021 National Power

 पोखरा – भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले नेपाल हिन्दु राष्ट्र रहेको र पछिसम्म रहने बताएका छन् । लोकसभाका पूर्वसांसद समेत रहेका उनले पोखरामा पत्रकारहरुसँग भने, ‘नेपाल हिन्दु राष्ट्र थियो, हो र रहिरहने छ ।’

नेपालको संविधानले धर्म निरपेक्ष राज्य भने पनि यहाँको सामाजिक प्रणाली हेर्दा हिन्दु राष्ट्र नै भएको उनको दावी छ । ‘संविधान एउटा कुरा हो । संविधानबाटै प्रशासनिक व्यवस्था चल्ने हो । तर, सामाजिक व्यवस्था, सामाजिक प्रणालीबाटै चल्ने हो । सामाजिक प्रणाली हेर्दा कसैले भन्न सक्दैन कि यो हिन्दु राष्ट्र होइन’ शास्त्रीले भने ।कात्तिक ३० गते नेपाल आएका डा. शास्त्रीले हिन्दु धर्मसँग सम्बन्धित विभिन्न कार्यक्रममा सहभागी हुन काठमाडौं, जनकपुर र पोखरा पुगे ।

दलित समुदायसँग छलफल

हिन्दु धर्म नै जातीय विभेदको जड भएको पछिल्लो समय नेपालमा बहस चलिरहेको छ । दलित अधिकारकर्मीहरुले हिन्दु धर्मकै कारण समाजमा जातीय विभेदले प्रश्रय पाएको भन्दै त्यसलाई तोड्नुपर्ने आवाज उठाइरहेका छन् ।

भाजपा प्रवक्ता शास्त्री भने दलित समुदायलाई हिन्दु धर्मको रक्षामा लगाउने मिसनमा नेपाल आएका छन् । राष्ट्रिय दलित मुक्ति जागरण अभियानले ३० कात्तिकमा काठमाडौंमा देशभरिका करिब २ सय जना दलित नेतालाई सहभागी गराएर कार्यक्रम गरेको थियो । शास्त्रीले कार्यक्रममा २५ पेजको लिखित भाषण गरेका थिए ।

उक्त कार्यक्रममा सहभागी एक दलित अगुवाका अनुसार शास्त्री आफैं पनि तल्लो भनिएको जातबाट हिन्दु विश्वविद्यालयबाट शास्त्री उपाधि प्राप्त गरेका व्यक्ति हुन् । उनी संस्कृतमा पारंगत छन् । ‘कार्यक्रममा शास्त्रीले दलित समुदायलाई हिन्दु धर्मले समानताको व्यवहार गरेको बताउँदै रक्षामा उभिन आह्वान गरेका थिए’ ती दलित अगुवाले भने ।

नेपाल भ्रमण र उनको योजनाबारे शास्त्रीले पोखरामा शुक्रबार पत्रकारहरुसँग भने ‘काठमाडौंमा बहुत ठूलो सभालाई सम्वोधन गरें, जुन दलित उत्थानकै लागि थियो । दलित मुक्ति जागरण अभियानको माध्यमबाट मैले २५ पेजको लिखित भाषण गरें, ‘मलाई पूरा विश्वास छ, त्यो नेपालका लागि निकै महत्वपूर्ण दस्तावेज हुने छ । त्यो अभिलेख त्यति नै महत्वपूर्ण भारतका लागि पनि छ ।’

काठमाडौंको कार्यक्रमपछि शास्त्री जनकपुर पुगेका थिए । उनले त्यहाँ पनि दलित अगुवाहरुसहित जानकी मन्दिरमा पूजा गरेका थिए । मुसहर, सुनार समुदायका मानिसहरुसँग कुराकानी र छलफल गरेका शास्त्रीले आफूले जनकपुरमा प्रवचन पनि गरेको सुनाए ।

गैरराजनीतिक भने पनि त्यसअघि शास्त्रीले नेपाली कांग्रेसका नेता विमलेन्द्र विधिसँग भेटवार्ता गरेका थिए । मंसिर २ गते पोखरा आएका प्रवक्ता शास्त्रीले कास्की पुम्दीभुम्दीमा निर्मित विशाल महादेवको मूर्तिको दर्शन गरे । ३ गते पोखरा विमानस्थलअघि रहेको मानव मिलन संस्थामा जैन धर्मगुरुसँग भेट गरे । मानव मिलन संस्थाको हलमा उनले प्रवचन दिएका थिए ।

त्यहाँ उनको मुख्य सन्देश नै नेपाल हिन्दु धर्मकै केन्द्र रहेको बताएका थिए । ‘नेपाल संसारभरिकै हिन्दुहरुको आस्थाको केन्द्र हो । भारतीय जनताले पनि नेपाललाई सांस्कृतिक केन्द्र मान्छौं भन्ने उहाँको सन्देश थियो,’ कार्यक्रममा सहभागी साहित्यकारसमेत रहेका मदन भण्डारीले भने, ‘हिन्दु धर्म भारत वर्षकै केन्द्र हो, हिन्दुमात्र भनेर पुग्दैन सनातन धर्म नै हाम्रो मुख्य धर्म हो । त्यसैले हिन्दु धर्मकै कारण देशको कल्याण हुने उनको भनाइ थियो ।’

प्रवक्ता शास्त्रीले पैसाको भरमा धर्म परिवर्तन गराउने काम भइरहेको बताउँदै अब जनताले बुझिसकेको बताए । ‘हामीले सामाजिक एकताको कुरा गरिरहेका छौं र कसैले सुझबुझका साथ विभेद गर्ने काम गर्छ भने, धर्म परिवर्तनको कुरा गर्छ भने, पैसा दिएर धेरै योजना पूरा गराउन खोज्छ भने, त्यो सामाजिक एकताको