Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

कलाकार संघको नयाँ सदस्यता र सिफारिस पत्र स्थगन

Wednesday, November 17, 2021 National Power

काठमाण्डौ – समग्र चलचित्र कलाकारहरुको पेशागत छाता सङ्गठन नेपाल चलचित्र कलाकार संघ ले प्रेस विज्ञप्ति प्रकाशित गरी  आफ्ना सदस्य कलाकारहरुलाई प्रदान गर्दै आएको सिफारिश पत्र र नयाँ सदस्यता वितरण हाललाई स्थगन गरेको जनाएको छ आज प्रकाशित संघ का उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत सो कुरा सार्वजनिक गरिएको हो संघ का अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा गत कात्तिक २५ गते बसेको कार्यकारिणी समितिको बैठकले सो कुराको निर्णय गरेको पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघ द्वारा प्रकाशित प्रेस विज्ञप्तिका अनुसार यसअघि संघ ले सिफारिस पत्र दिएका केही सदस्यहरुको सम्बन्धमा विदेशी नियोगबाट सोधनी भएकोले कलाकारको गरिमालाई यथावत राख्न जरुरी भएको महसुस गर्दै नयाँ सदस्यताका लागि प्राप्त आवेदनमाथि छानबिन गर्ने र सोधनी भएका कलाकारहरुसँग पत्राचार गरी सत्यतथ्य पत्ता लाउने समेत बैठकले निर्णय गरेको हो ।

सस्दस्यताका लागि आवेदन दिएका केही व्यक्तिहरु उपर संघ मा उजुरी समेत परेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ िकम्तिमा ५ वटा व्यावसायिक चलचित्रमा अनुबन्ध भएर काम गरेका कलाकारलाई साधारण सदस्य प्रदान गर्ने कुरा संघ को बिधानमा उल्लेख छ ।

यसैगरी बैठकले निर्माण, प्रदर्शन र कलाकारहरुको पेशागत उत्थानका लागि चलचित्र क्षेत्रलाई चलायमान बनाउन एकदिवसीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेको छ । उक्त समितिको संयोजकमा संघ का महासचिब चेत बहादुर सिंह राजा र सदस्य सचिवमा कोषाध्यक्ष सुनिल कटुवाललाई मनोनयन गरिएको छ । समिति एघार सदस्यीय रहने छ । ‘सदस्यता र सिफारिसको स्थगनले कलाकारहरूमा पर्न जाने असुबिधाका लागि ससंघ क्षमा प्रार्थी छ’ विज्ञप्तिमा भनिएको छ।