Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

कुबेर तामाङ्गको निर्देशनमा गायक रक्की लामाको जुन जस्तै सार्वजनिक

Tuesday, November 16, 2021 National Power

काठमाण्डौँ- अफ्सान तमाङग, शुष्मा तमाङगको अभिनय रहेको जुन जस्तै बोल रहेको गीतको भिडियो सार्वज निक भएको छ । दुई प्रेमिल जोडीको प्रेमकथामा तयार पारीएको भिडियोलाई चर्चित फोटोग्राफर कुबेर तामङ्गले निर्देशनगरेका छन भने भिडियो निर्माण कृष्ण प्रजापतिको रहेको छ । भिडियोमा बिशाल थापाको छांयाकन, सनम मगरको सम्पादन तथा कलरिङ्ग, दिया रिजालको मेकअप रहेको छ भने प्रोडक्सन अभी श्रेष्ठको रहेको छ । गायक रक्की लामाको सुमधुर आवाजमा सजिएको यस् गीतमा बिक्रम तमाङगको संगीत, अरुणा सम्बाङपेको शब्द, बिशन मानन्धरको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ्ग भने योगेश काजीको रहेको छ ।

भिडियोलाई सबै दर्शक श्रोता, सञ्चारकर्मीहरुले हेरिदिन र सक्दो शेयर गरेर सहयोग गरिदिनु हुन्छ भन्ने कुरामा आशावादी रहेको कुरा टिमले बताए । भिडियोलाई गायक आरएल मोक्तान नामको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।