Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

भेगिय र जातीय राजनीति बनेपा नगरमा चन्दैन : नगर अध्यक्ष रत्न कुश रन्जित

Friday, November 5, 2021 National Power

कार्यालय उद्घाटन नेकपा एमालेका युवा नेता एवं पूर्व मन्त्री गोकुल बास्कोटाले गर्नु भएको छ । उहाँले उद्घाटन कार्यक्रममा बोल्दै नेकपा माओवादी र समाजबादी लाई अब आउदै गरेको चुनावमा सजिलो परास्त गर्ने सकिने बताउनु भयो । बनेपामा अब कसैले सुर्यको झण्डा लाई तल खसाल्न नसक्ने बताउदै १३ वटा स्थानीय तहमा नै जित सुनिश्चित रहेको बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष अशोक व्यन्जुले नव निर्वाचित कमिटी लाई बधाई दिनु भएको थियो ।        

नेकपा एमाले बनेपा नगर कमिटीको पार्टी कार्यालय उद्घाटन तथा शुभ दिपावालिको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेकपा एमाले बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रन्जितले भन्नुभयो – बनेपा नगरमा भेगको राजनीति हुदैन जातीय राजनीति गर्दिन । समाबेशीता र बर्गिय राजनीति गर्ने छु । नेकपा एमालेलाई अगाडि बढाउन सम्पुर्ण नगर बासीहरुले सहयोग र साथ दिनुहुन्छ भन्ने पुर्ण विश्वास लिएको छु । रन्जितले बनेपामा नेकपा एमालेको जित सुनिश्चित रहेकोे बताउनु भयो ।      

उता नेकपा एमाले बनेपा नगर कमिटीका उपाध्यक्ष नवराज मानन्धरले स्वागत मन्तव्य राख्दै भन्नू भयो जिब्रो चपाएर केही हुदैन काम गरेर देखाउने हो यसको सुरुवात हामीले आज बाट नै गरेका छौ उहाँले भन्नू भयो । कार्यक्रममा जिल्ला स्तरीय नेता देखि लिएर बनेपा नगरपालिकाको प्रमुख उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।