Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

साल्ट टेडिङ्गको ५४ औं वार्षिक साधारणसभा सम्पन्न,शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर वितरण गर्ने

Wednesday, November 3, 2021 Devil Singh Rajput

काठमाडौं ।साल्ट टेडिङ्ग कर्पोरेशन लिमिटेडको ५४ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । कर्पोरेशनले कम्पनी ऐन २०६३को अधिनमा रही तयार पारिएको ५४ औं वार्षिक प्रतिवेदनकासाथै २०७७ साल आषाढ मसान्तसम्मको कर्पोरेशनको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा कर्पोरेशनले गरेको विभिन्न कृयाकलापहरुको बारेमा छलफल एवं समिक्षा गरि आगामी दिनहरुमा अझ बढी प्रभावकारी ढंगले अगाडी बढन मार्गदर्शनकासाथ वार्षिक प्रतिवेदनलाई अनुमोदन गरेको छ । साधारण सभाको सभापतित्व सञ्चालक समितिका अध्यक्ष लक्ष्मिदास मानन्धरले गरेको थिए ।

कर्पोरेशनको प्रस्तुत वर्षको कारोबारलाई तुलनात्मक रुपमामूल्याङ्कन गर्दा नून, रासायनिक मल, लगायत व्यापारिक कारोबार संतोषजनक रहेको र विभिन्न क्ष्ँेत्रको लगानी उपलब्धीमूलकरहेको छ । कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोबार गरि आमउपभोक्तालाई खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुहरुको सरल र सहज आपूर्ति गरि सामाजिक उत्तरदायित्व वहन गर्दै रु.९ अर्व ७४करोडको कारोबार गर्न सफल भएको छ । उक्त कारोबारबाट कर्पोरेशनले आ.व. २०७६।०७७ मा कुल मुनाफा १ अर्व ७करोड आर्जन गर्न सफल भएको छ ।

कर्पोरेशनले अंगालेको व्यापार विविधिकरणको नीति अनुरुप कर्पोरेशनको चुक्ता पूंजीको आवश्यकतालाई दृष्टिगत गरी यस वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश वापत रु.९६,०१,२३०। र रु.३,८४,०४,९२०। बराबरको २० प्रतिशतबोनस शेयर वितरण गर्ने प्रस्तावलाई स्विकृत गरेको छ ।

अध्यक्ष मानन्धरले विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको कठिन सक्रमणले देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजार समेत यथावत नै रहेको यस्तो कठिन परिस्थितिमा पनि कर्पोरेशनले विश्वसनीय र गुणस्तरीय सेवापु¥याउदै आफ्नो कारोेवारमा सकारात्मक सुधार सहित अगाडि बढेको बताउनु भयो । लकडाउनमा समेत कर्पोरेशनले अत्यावश्यकवस्तुको आपूर्ति सहज रुपमा होस भन्ने हेतुले आफना बिक्रीकक्षहरु मार्फत आमउपभोक्ताको घरदैलो सम्म सेवा पुयाउदै आएको छ । व्यावसायिक मर्यादा कायम राख्दै र सामाजिकउत्तरदायित्वको मर्मलाई सम्मान गर्दै कर्पोरेशनले देशका आमनागरिक एवं उपभोक्ताहरुलाई उच्च गुणस्तरको वस्तुहरु उचितमूल्यमा वर्षभरी उपलब्ध गराउने तर्फ प्रतिवद्ध रही कार्य गरिरहेको छ । दशैं, तिहार, छठ जस्तो चाडपर्वमा सुुपथ मूल्यका पसलसंचालन गरी आम उपभोक्तलाई सेवा प्रदान गरेको बताए ।

उक्त अवसरमा सेयर धनीहरुले विविध जिज्ञासा राख्दै आ आफ्नो राय, सुझाव एवम् धारणा राखेका थिए ।

वार्षिक साधारण सभा माझ उठेका प्रश्नको जवाफ दिदै कर्पो रेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले विश्वभर फैलिएको कोरोना महामारीले गर्दा साधारण सभा ढिला हुन गएको जानकारी दिदै विश्वास व्यक्त गरि काम गर्ने अवसर प्रदान गरेकामा सेयर धनीहरुमा धन्यवाद व्यक्त गरिन ।

श्रेष्ठले जवाफ पेश गर्दै सेवा विविधिकरण गर्न पुँजी ब्रिद्धीको समस्या साथै कर्मचारीको सिमितताले केही असहजता भएको,
पछिल्लो समय कर्पोरेशनले भुकम्प प्रतिरोधी घर निर्माण गरेको, पुँजी बढाउन अध्ययन भैरहेको जानकारी दिईन ।

त्यसैगरि उनले हिमालय प्याकेजिङबाट मात्रै आयोडिनयुक्त नुनको लागि पाउँच बनाउने, हेटौडा औंद्योगिक क्षेत्रसँग लिज सम्झौता गरि वनस्पती उद्योगलाई पुनस् संचालनमा ल्याई तत्काललाई तेल उत्पादन गर्न मेशिन खरिद गरिएको, मोरङ सुगर मिलको आधुनिकीकरण गर्न लागिएको, सरकारको धेरै सेयर लगानी रहेका बुटबल धागो कारखाना र गोरखकाली रबर उद्योग संचालन वा अन्य बिषयमा सरकारसँग छलफल र चासो राख्दै आएको जनाउदै बोनस सेयर अद्यावधी भएको र नयाँ पनि छिट्टै गरिने प्रतिबद्धता व्यक्त गरिन ।

नुनको कम्तीमा ६ महिनासम्म अनिवार्य बफर स्टक राख्नुपर्ने भएकाले मन्सुनको अन्त्यसम्ममा नुन ल्याउनु पर्ने वाध्यात्मक स्थिती बारे अवगत गराउदै हालको समयमा चिनीको स्टक गर्न नसकेता पनि वितरण प्रणालीलाई व्यवस्थित तुल्याउदै बजारमा चिनीको हाहाकार हुन नदिएको, जस्तापाताको बिषयमा सरकारसँग कुरा राख्दै आएको श्रेष्ठले बताइन् ।

साथै, उनले कोरोनाका कारण आगामी बर्ष नाफामा प्रभाव पार्न सक्ने प्रक्षेपण गरिएको जानकारी गराउदै ३६५ दिन नै सेयर धनीहरु केन्द्रिय कार्यालयमा आएर आफना कुरा राख्न सक्ने जनाईन् ।

उनले कर्पोरेशनले नाफा भन्दा पनि सेवालाई प्राथमिकता दिदै आएको जनाउदै आम उपभोक्ताको हितलाई केन्द्रमा राख्दै कर्पोरेशनको साँखलाई अक्षुण राख्दै अघि बढेको उल्लेख गरिन ।