Tuesday 30th November 2021

    तेस्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन डिसेम्बर ११ मा    गोवामा आँधीतुफान -२ का टाइटल गीतहरुको छायाँकन सकेर फर्किए नायक संजित भण्डारी    तेश्रो एपिक नेपाल म्युजिक अवार्डको भव्य रुपमा सम्पन्न    ब्लड डोनेसन अभियानमा स्वेताको सक्रियता    आयो ‘चुरीफुरी’ को ट्रेलर

बिद्यार्थीले पाए न्यानो कपडा

Wednesday, November 3, 2021 National Power

पनौती। श्रीराम उच्च माबि खोपासीका पुर्ब बिद्यार्थीले हाल अध्यनरत बिद्यार्थी हरुलाई न्यानो कपडा (ट्रयाक सुट) वितरण गरेका छन्।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ गिरिको संयोजकत्वमा १ सय ६५ जोर न्यानो कपडा व्यवस्था गरिएको हो।
अध्यक्ष गिरि सहित पुर्व बिद्यार्थीहरु अर्जुन तिमल्सिना, मोहनपूर्ण सत्याल, प्रधानअध्यापक उत्तम ताम्राकार लगायतको समन्वयमा कपडा बिद्यालय लाइ उपलब्ध गराइएको थियो।

उक्त कपडा मंगलबार एक कार्यक्रमका बीच प्रमुख अतिथि एवं प्रहरी नायव उपरिक्षक अर्जुन तिमल्सिना, नेपाल टेलिकम मोबाइल सेवाका व्यापार अधिकृत मोहन पूर्ण सत्याल, पनौती नपा-१२ का वार्ड अध्यक्ष मोहन भण्डारी सहितले सबै बिद्यार्थीलाइ कपडा वितरण गरिएको अध्यक्ष गिरीले बताउनु भयो ।

अध्यक्ष गिरीका अनुसार सो कार्यक्रममा अव​कास प्राप्त​ शिक्ष​कह​रुको बिदाइ ,२०७७ एस ई ई उत्तिर्ण​ बिद्यार्थिह​रुको ब​धाई​ एवं शुभकामना सहित अक्ष​य​कोषको स्थापना गरि दाताबाट​ छात्रवृत्ति वितरणको शुभारम्भ गरिएको छ।